Hi-Speed Computer

Awareness Campaign

गुल्मीमा स्मार्ट लकडाउन, मेला महोत्सव देखि विद्यालय बन्द



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

अनिष पन्थी, गुल्मी: पछिल्लो समयमा कोभिड-१९ तीब्र रुपमा फैलिरहेको अवस्थालाई दृष्टिगत गरी गुल्मीमा कोरोना रोकथाम तथा नियन्त्रण गर्न कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र गुल्मीले स्मार्ट लकडाउन गर्ने निर्णय गरेको छ।

सार्वजनिक स्थलमा २५ जना भन्दा बढी भेला हुने गरी मेला, भेला तथा महोत्सव नगर्ने नगराउने, माघे संक्रान्ती/माघी लगायतका पर्व गाउँ टोलमै रही भिंडभाड नहुने गरी मनाउने र पर्वको नाममा मेला महोत्सव नगर्ने नगराउने निर्णय गरेको छ।

सबै आधारभूत तथा माध्यमिक विद्यालयहरु सञ्चालनको हकमा नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको निर्णयानुसार गर्ने, विश्वविद्यालय, क्याम्पस लगायत शैक्षिक प्रतिष्ठानका पूर्व निर्धारित परीक्षाहरु जनस्वास्थ्यका निर्धारित मापदण्ड पालना गरी सञ्चालन गर्ने निर्णय गरेको छ।

Forest
Forest
Ad.

यस्तै माघ ७ गतेदेखि सार्वजनिक सेवा प्राप्त गर्दा र सार्वजनिक स्थल (कार्यालय, होटल, रेष्टुरेन्ट र पार्क आदि) मा प्रवेश गर्दा कोभिड विरुद्धको खोप लगाएको कार्ड (मोबाइलमा फोटो भए पनि हुने) अनिवार्य गर्ने ,जिल्ला स्वास्थ्य कार्यालयले नियमित खोप केन्द्रहरुबाट खोपलाई अभियानकै रुपमा अगाडि बढाउने र स्थानीय तहमा निशुल्क एन्टिजेन परीक्षणको व्यवस्था मिलाउने साथै लक्षित समुदायमा पर्ने खोप लिन इच्छुक सबैलाई माघ १५ भित्र खोप लगाउने प्रबन्ध गर्ने निर्णय गरेको छ।

उद्योगधन्दा, कलकारखाना, व्यापार व्यवसाय, बैंक तथा वित्तिय संस्थाका साथै सेवा प्रवाह गर्ने सबै कार्यालय (सरकारी/गैर सरकारी) ले जनस्वास्थ्यका निर्धारित मापदण्ड अनिवार्य रुपमा पालना हुने व्यवस्था मिलाउने, जिल्लामा सञ्चालन हुने सार्वजनिक एवम् नीजि सवारी साधन देहाय बमोजिमका मापदण्ड पालना गरेर मात्र सञ्चालन गर्ने,सवारी चालक, सहचालक र सबै यात्रुहरुले अनिवार्य मास्क लगाउने, मास्क नलगाउने यात्रुलाई सवारी साधनमा प्रवेश नगराउने र सिट क्षमता भन्दा बढी यात्रु नराख्ने ,स्यानिटाइजरको व्यवस्था गर्ने र सवारी साधन दैनिक निसंक्रमण गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालयले सार्वजनिक गरेको सुचनामा उल्लेख गरिएको छ।

सरकारी कार्यक्रमको हकमा जिल्ला प्रशासन कार्यालयको समन्वयमा जनस्वास्थ्यका निर्धारित मापदण्ड पालना गरेर मात्र सञ्चालन गर्ने पनि निर्णय भएको प्रमुख जिल्ला अधिकारी पुन्य विक्रम पौडेलले बताए।

Awareness by SKF

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया