Smoking Causes Cancer

एमाले केन्द्रीय कमिटी सचिव गोकर्ण विष्ट गुल्मीको मुसिकोट आउँदै



ओझेलका खबर संवाददाता
५ वर्ष अगाडि


Place for ads

रामकृष्ण कंडेल, गुल्मी: नेपाल कम्युनिष्ट पार्टी एमाले केन्द्रीय कमिटी सचिव तथा गुल्मी जिल्ला क्षेत्र नम्बर २ का सभासद गोकर्णराज विष्ट पौष १२ गते सोमबार गुल्मीको वामीटक्सार आउदै हुनुहुन्छ।

राष्ट्रिय युवा संघ नेपाल मुसिकोट नगर कमिटीले आयोजना गरेको प्रथम नगर सम्मेलन तथा एमाले मुसिकोट नगर कमिटीले आयोजना गरेको अगुवा पार्टी कार्यकर्ता प्रशिक्षण कार्यक्रममा प्रमुख अतिथिको रुपमा पार्टी सचिव विष्टलाई आमन्त्रण गरिएको नगर कमिटी अध्यक्ष प्रकाश काफ्लेले बताउनुभयो।

नगर कमिटी अध्यक्ष काफ्लेका अनुसार पौष १७ गते शनिबार आयोजना गर्ने भनिएको युवा सङघको नगर सम्मेलन विशेष कारणवश पौष १२ गते सारिएको हो।

सिंचाई
Forest
Ad.

पौष १२ गते आयोजना गरिएको युवा सम्मेलन भव्यताका साथ सम्पन्न गर्नका लागि पार्टीको तर्फबाट तयारी बैठक सम्पन्न भइसकेको काफ्लेले जानकारी दिनुभयो।

पौष १२ गते युवाहरूको नगर सम्मेलन तथा पार्टी कार्यकर्ताहरुको लागि हालैमात्र नारायणघाटमा सम्पन्न पार्टीको केन्द्रीय महाधिवेशन पश्चात पार्टीले लिएका नीति कार्यक्रम तथा पार्टी कार्यकर्ताहरुले अवलम्बन गर्नुपर्ने कार्यदिशाहरुको बारेमा पार्टीका केन्द्रीय सचिव, पूर्वमन्त्री तथा गुल्मी क्षेत्र नम्बर २ का सभासद तथा लोकप्रिय युवा नेता गोकर्ण राज विष्टद्वारा विशेष प्रशिक्षण कार्यक्रम आयोजना गरिएकोले यस कार्यक्रमलाई भव्य र सभ्य रुपमा सम्पन्न गर्नका लागि नगर कमिटीका अध्यक्ष काफ्लेले मुसिकोट नगरभित्रका सम्पूर्ण वडा कमिटीहरुलाई सक्रियताका साथ लाग्नका लागि विशेष आग्रह गर्नु भएको छ।

एमाले मुसिकोटले आफ्नो प्रथम नगर अधिवेशन सम्पन्न गरेपश्चात पार्टीका जनवर्गीय संगठनहरुको नगर सम्मेलनहरू छिट्टै सम्पन्न गर्ने निर्णय गरेको छ। पार्टीको ब्याकबोनको रूपमा रहेको राष्ट्रिय युवा संघ नेपाल को नगर सम्मेलनको आयोजना तथा पार्टीको अगुवा कार्यकर्ताहरुलाई उपस्थित गराई केन्द्रीय सचिव मार्फत प्रशिक्षण कार्यक्रम आयोजना गर्नुलाई राजनीतिक क्षेत्रका जानकारहरुले यस कार्यलाई अर्थपूर्ण रुपमा लिएका छन्।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

Awareness by SKF

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया