Awareness Campaign

गगन थापा र विश्वप्रकाश शर्मालाई रामकुमारी झाँक्रीको बधाई



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Place for ads

काठमाडौं: नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट गगन थापा र विश्वप्रकाश शर्मा महामन्त्रीमा निर्वाचित भएको खुसी व्यक्त गरेकी छन्।

थापा र शर्माको जित नेपाली राजनीतिमा पुस्तान्तरणका लागि जबर्जस्त दबाब भएको भन्दै यसले कांग्रेसका लागि ठूलो अवसर भएको पनि बताएकी छन्।

एकीकृत समाजवादीकी सचिवसमेत रहेकी सहरी विकासमन्त्री झाँक्रीले थापा र शर्माको जित हामी सबैका लागि अवसर र चुनौती भएको उनको भनाइ छ।

Forest
Forest
Ad.

उनले नेता थापा र शर्मालाई बधाई पनि दिएकी छन्। ‘हार्दिक बधाई मित्र गगनकुमार थापा र दाइ विश्वप्रकाश शर्मालाई। यहाँहरूको जित नेपाली राजनीतिमा पुस्तान्तरणको लागि जबर्जस्त दबाब हो। यसको सन्देश मुलुक, समाज र राष्ट्र सबैको दायित्व अब युवाहरूले बोक्नुपर्छ भन्ने हो। हामी सबैको लागि अवसर र चुनौती दुवै हो,’ झाँक्रीले भनेकी छन्।

नेपालमा गणतन्त्रको नारा लगाउनेमा गगन थापा र रामकुमारी झाँक्री अग्रपंक्तिमा पर्छन।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया