Smoking Causes Cancer

गगन थापा र विश्वप्रकाश शर्मालाई रामकुमारी झाँक्रीको बधाई



ओझेलका खबर संवाददाता
५ वर्ष अगाडि


Place for ads

काठमाडौं: नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट गगन थापा र विश्वप्रकाश शर्मा महामन्त्रीमा निर्वाचित भएको खुसी व्यक्त गरेकी छन्।

थापा र शर्माको जित नेपाली राजनीतिमा पुस्तान्तरणका लागि जबर्जस्त दबाब भएको भन्दै यसले कांग्रेसका लागि ठूलो अवसर भएको पनि बताएकी छन्।

एकीकृत समाजवादीकी सचिवसमेत रहेकी सहरी विकासमन्त्री झाँक्रीले थापा र शर्माको जित हामी सबैका लागि अवसर र चुनौती भएको उनको भनाइ छ।

सिंचाई
Forest
Ad.

उनले नेता थापा र शर्मालाई बधाई पनि दिएकी छन्। ‘हार्दिक बधाई मित्र गगनकुमार थापा र दाइ विश्वप्रकाश शर्मालाई। यहाँहरूको जित नेपाली राजनीतिमा पुस्तान्तरणको लागि जबर्जस्त दबाब हो। यसको सन्देश मुलुक, समाज र राष्ट्र सबैको दायित्व अब युवाहरूले बोक्नुपर्छ भन्ने हो। हामी सबैको लागि अवसर र चुनौती दुवै हो,’ झाँक्रीले भनेकी छन्।

नेपालमा गणतन्त्रको नारा लगाउनेमा गगन थापा र रामकुमारी झाँक्री अग्रपंक्तिमा पर्छन।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया