Hi-Speed Computer

Awareness Campaign

धुर्कोटमा विद्यार्थीहरुलाई पढ्दै कमाउदै गर्ने बानीको विकास गर्न अनुदानमा टनेल वितरण



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Awareness

Place for ads

तिलाचन पाण्डे, गुल्मी: धुर्कोट गाउँपालिकाले बाली विज्ञान तर्फ अध्ययन गर्ने ५५ जना विद्यार्थीहरुलाई पढ्दै कमाउँदै गर्नका लागि प्लाष्टिक टनेल अनुदानमा वितरण गरेको छ।

पाञ्चायन माध्यमिक बिद्यालयका कक्षामा ११ र १२ मा अध्ययन गर्ने सङ्गै कक्षा १२ मा ओजेटी गर्ने ५५ जना विद्यार्थीहरुलाई अनुदानमा प्लाष्टिक टनेल वितरण गरिएको गाउँपालिकाकी कृषि शाखा प्रमुख अञ्जली गौतमले जानकारी दिइन्।

विद्यार्थीहरुलाई सैद्धान्तिक ज्ञान मात्र नभई व्यावहारिक ज्ञान प्रदान गर्नका लागि गाउँपालिकाले अनुदानमा टनेल वितरण गरेको गौतमले बताइन। गाउँपालिकाको तीन लाख रुपैयाँ बजेटबाट टनेल वितरण गरिएको गाउँपालिकाले जनाएको छ।

Forest
Forest
Ad.

यता धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पोखरेलले विद्यार्थीहरुलाई पढ्दै कमाउँदै गर्ने बानी पार्नका लागि यस्तो कार्यक्रम ल्याइएको बताए।

विद्यार्थीहरुलाई कृषि पेशामा आर्कषित गर्न, अध्ययन गर्दै आम्दानीको माध्यम बनाउन र व्यावसायिक बनाउनका लागि टनेल वितरण गरिएको पोखरेलले बताए।

विद्यार्थीहरुमा अध्ययन पश्चात जागिर खान पर्छ भन्ने मानसिकतालाई हटाउन र कृषि पेशाबाटै व्यासायिक र राम्रो आम्दामी गर्न सकिन्छ भन्ने ज्ञान प्रदान गर्नका लागि गाउँपालिका लागेको पोखरेलको दाबी छ।

उत्कृष्टलाई पुरस्कार
विद्यार्थीहरुले पुस महिना भित्रमा टनेल निर्माण गर्नुपर्ने, माघमा नर्सरी गर्नुपर्ने र फागुनमा बिरुवा लगाउनुपर्ने छ।

Awareness by SKF

टनेलबाट राम्रो उत्पादन लिने र सबैभन्दा राम्रो काम गर्ने विद्यार्थीलाई गाउँपालिकाले पुरस्कार समेत दिने घोषण गरेको पोखरेलले बताए।

विद्यार्थीहरुले आफनै निजी जग्गामा टनेल निर्माण गरी आफूहरुले सिकेको सीपलाई व्यवहारमा लागु गर्ने भएका छन्।

धुर्कोट गाउँपालिकाले यस अघि बाँझो जग्गामा खेती गर्ने किसानलाई अनुदान समेत वितरण गरेको थियो। धुर्कोट गाउँपालिका मासुमा आत्मनिर्भर गाउँपालिका घोषणा भइ सकेको छ।

 

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया