Awareness

गुल्मीदरबारमा ४ करोडको कृषि तथा पशु विकास परियोजना सञ्चालन

कृषि खबर खबर

Place for ads

गुल्मी: कृषि र पशुपालनको माध्यमबाट नागरिकको जिविकोपार्जनमा टेवा पुर्याउने उद्देश्यले जिल्लाको गुल्मीदरबार गाउँपालिकाले उद्यमशीलता विकास परियोजना संचालन गर्ने भएको छ।

गाउँपालिकाले गैर-सरकारी संस्था तथा नीजि क्षेत्रको सहकार्यमा गरिबी निवारणका लागि दिर्घकालिन परियोजना सञ्चालन गर्न हेफरसंग चार करोडको परियोजना संचालन सम्झौता गरेको हो।

Get Vaccinated

गुल्मीदरबार गाउँपालिका र हेफर प्रोजेक्ट नेपालबीचको समझदारी पत्रमा गुल्मीदरबार गाउँपाालिकाको तर्फबाट कार्यवाहक अध्यक्ष मिना भण्डारीले हस्ताक्षर गरेकी छन। रुपन्देहीको बुटवलमा आयोजित परियोजना सम्झौता कार्यक्रममा हेफर इन्टरनेशनलका निर्देशक अलिया मार्कर, डा. महेन्द्र लोहनी हेफर प्रोजेक्ट नेपालका अध्यक्ष डाक्टर शुभ नारायण महतो लगायत विभिन्न ८ वटा देशका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।

सम्झौता भएको मंसिर २१ गतेलाई गाउँपालिकाले ऐतिहासिक दिनको रुपमा लिएको प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले जानकारी दिए। उनले नेपालको ४६ औँ स्थानीय तहको रुपमा गुल्मीदरबार गाउँपालिकामा परियोजना सुरु भएको बताए। यो परियोजना गाउँपालिकामा ल्याउन स्वर्गीय गाउँपालिका अध्यक्ष अशोक कुमार थापा लगायतले विशेष भुमिका खेलेका थिए।

पाण्डेयका अनुसार परियोजनाका मुख्य उद्देश्य लक्षित परिवारहरुको आर्थिक सामाजिक स्थितिमा सुधार गर्नु हो। जसका लागि उद्यमशिलता मार्फत वार्षिक आम्दानीमा वृद्धि गरी जिविकोपार्जनमा टेवा पुग्ने छ। अहिले पनि गाउँपालिकाले भुमि बैंक स्थापना गरेर बाँझो जग्गा उपयोगमा प्रोत्साहन गर्ने थुप्रै अनुदानका कार्यक्रम संचालन गरिरहेको पाण्डेयले बताए।

त्यो संगै परियोजना मार्फत समुहमा आवद्ध लाभग्राहीहरुलाई स्वाबलम्बी समूहहरु र सहकारीमा आवद्ध गर्दै सामाजिक पूँजीको अभिवृद्धि गर्नु, व्यावसायिक कृषि तथा तरकारी उपजहरुको उत्पादन तथा उत्पादकत्वमा अभिवृद्धि गर्नु तथा बजार व्यवस्थापनमा सुधार गर्नु, सुधारिएको बाख्रा व्यवस्थापन र उन्नत प्रविधिहरुको अनुशरणबाट बाख्राको उत्पादन, उत्पादकत्व एवं उद्यमशिलता अभिवृद्धि गरी बजार व्यवस्थापनमा सुधार गर्नु परियोजनाको उदेश्य रहेको छ।

Awareness by SKF

पहाडी जिल्लाहरुमा स्थानीय तहको समृद्धिको आधार कृषि र पर्यटन हो। स्थानीय तहले पर्यटनका संरचनागत विकासमा ठुलो फड्को मार्न सकेका छैनन्। तर, कृषि क्षेत्रमा युवा आर्कषण बढाएका छन्। जसका कारण कृषि र पशुका ठुला परियोजना मार्फत आर्थिक सामाजिक सशक्तिकरणको अभियान सुरु गरिएको गाउँपालिकाको कार्यबहाक अध्यक्ष मिना भण्डारीले बताइन्।

परियोजनामा महिला आवद्धता ठुलो हुने भएकाले उद्यम मार्फत आर्थिक समृद्धिसंगै सशक्तिकरणको अपेक्षा गरिएको भण्डारीको भनाई छ। गुल्मी न्यूज डटकममा यो खबर छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *