Clean Water Campaign

Awareness Campaign

लुम्बिनी कांग्रेसको सभापतिमा अमरसिंह पुन र उपसभापतिमा चुनिए गुल्मीका भुवन प्रसाद श्रेष्ठ



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मी: नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापतिमा अमरसिंह पुन मगर निर्वाचित भएका छन्। भर्खरै सकिएको मतगणना अनुसार वरिष्ठ नेता रामचन्द्र पौडेल निकट अमरसिंहले ८ सय ५२ मत ल्याएर सभापति निर्वाचित भएका हुन्।

सभापतिका अर्का प्रत्यासी पार्टी सभापति शेरबहादुर देउवा निकट भरतकुमार शाहले ७ सय ६७ मत ल्याएका छन्। प्रदेश कार्यसमितिका अधिकांश पदाधिकारी तथा सदस्य पनि अमरसिंहकै प्यानलबाट निर्वाचित भएका छन्।

उपसभापतिमा भुवनप्रसाद श्रेष्ठले ८ सय ४७ र राजु खनालले ७ सय ९२ मत ल्याएर निर्वाचित भए। खनाल प्रधानमन्त्री देउवा पक्षका हुन्।

सिंचाई
Forest
Ad.

महामन्त्रीमा पौडेल पक्षका विक्रम खनालले ८ सय ४४ र सुरेन्द्रराज आचार्यले ८ सय ३९ मत ल्याएर विजयी भए भने सहमहामन्त्रीमा निमा गिरी ८ सय ३०, विष्णु खनाल मुस्कान ८ सय ५९ र खगराज पाण्डेले ७ सय ७६ मत ल्याएर निर्वाचित भएका छन्।

लुम्बिनीमा एक हजार ६ सय ४८ मतदाता रहेकोमा एक हजार ६ सय ३१ मत खसेको थियो।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया