Awareness Campaign

‘म दुईवटा श्रीमान राख्न चाहन्छु रे, के मान्ला त यो समाजले?’



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Place for ads

रविना देशराज समकालिन समाज भन्दा बेग्लै सोच राख्ने व्यक्तिका रुपमा चिनिन्छिन्। उनी लैंगिकताका विषयमा परम्परागत सोच विपरित धारणा राखेर र आफ्नो विकिनी तस्विर सार्वजनिक गरेर पनि चर्चामा छिन्।

अभिनेत्री प्रियंका कार्कीसँगै विकिनीमा उनको तस्विर सामाजिक सञ्जालमा पोष्ट भएपछि त्यसले ठूलै चर्चा पायो। उनका छोरा आयुष्मान देशराज पनि अभिनेता हुन्। अभिनेत्री कार्की र आयुष्मान प्रेम सम्बन्धमा रहेका गसिपहरु पनि मिडियामा छाइरहन्छन्।

सन्तान जन्माउन बिहे गर्नु नपर्ने बोल्ड धारणा राख्दै आएकी रविना देशराजसँग प्रचलित सामाजिक व्यवस्थाका बारेमा चक्रपथ डटकमका लागि बिनु पोखरेलले गरेको कुराकानीको केहि अंश साभार गरेका छौँ:

Forest
Forest
Ad.

‘महिला झन बोल्ड हुँदै गएपछि परिवारमा बिखण्डन आइरहेको छ भन्छन्, हो त?’ भन्ने प्रश्नमा उनको जवाफ यस्तो थियो:

मेरा एकजना आफन्तसँग एकदिन कुरा गर्दै थिएँ। उहाँले एउटा ग्यादरिङमा हजुरबा, हजुरबाका तीनजना श्रीमती र छोराछोरी सबै जम्मा भएको भन्नुभयो। ल त्यहि ठाउँमा हजुरआमाका तीनजना श्रीमान जम्मा भएको भनौँ त?

एउटा पुरुषका तीन श्रीमती एकै ठाउँ भेला हुनुलाई स्वाभाविक रुपमा लिने समाजले एउटी महिलाका तीन श्रीमान एकैठाउँ ग्यादरिङ गरेको पचाउन सक्छ? पुरुषहरु खुला रक्सी, चुरोट खान्छन्। ल हामी खाउँ त, के भन्छ समाज? अहिले जे जे भएको छ त्यो सबै महिलाले सहिदिने भएर हो।

उसले तीनवटा ल्याउँदा, १० औँ जनासँग से’क्सुअल रिलेशनमा रहदा, चुरोटले डाम्दा पनि सहिदिए मात्र परिवार जमेको देख्ने, त्यसलाई नसहे परिवार विखण्डन भएको देख्ने!? त्यो घर, घर नहुने अनि महिलाले बरु एक्लै बस्छु भन्दा परिवार भड्किएको भन्ने ?

Awareness by SKF

अब महिलाहरुले पनि आफ्नो शक्ति थाहा पाए। अब त्यसैगरी सहंदैनन्। जो आर्थिक रुपमा सक्षम छन् दबावमा रहन्नन्। त्यसो हुनु समाज बिग्रिएको होइन। बिग्रिएको समाजको रुप देखिएको मात्र हो। हिंसामा पुरुष छन् भने पनि त्यहि हो। ल न, म दुईटा श्रीमान राख्छु भन्छु। मान्छ त समाज? तर हामी त्यसो गर्दैनौँ, गर पनि भन्दैनौँ। महिला र पुरुषमा फरक सामाजिक सोचाई हुनु भएन भनेको मात्रै। यसो सोचौं न, दुईजना एक हुने भनेको दुईटाको खुशी जोड्दा झन् खुशी हुन सकिन्छ कि भनेर हो नि। म दुईवटा श्रीमान राख्न चाहन्छु रे, के मान्छ त यो समाजले।

स्वतन्त्रता मार्न त होइन। श्रीमान श्रीमती हुनुहुन्छ तर बोलचाल छैन। दुईतिर फर्केर सुत्नुहुन्छ। अर्को एक्लै भएको मान्छे गीत लगाएर नाच्दै बस्छ, खुशी हुन्छ। स्वतन्त्रताले हो नि खुशी ल्याउने। अचेल म सुन्छु, अहिले त धेरै परीवारमा महिला, पुरुष दुबै कामकाजी छन्।

केटाले म आज डिनर बाहिरै गरेर आउँछु भन्यो भने, केटी पार्टनरले पनि हस् मेरो पनि पार्टी छ आउन ढिलो हुन्छु है भन्छे रे। अनि त्यो पुरुष पार्टनर ढक्क हुन्छ रे। उसले गरुन्जेल काम साथीले गर्दा नकाम भन्ने हुन्छ? भन्नुस् त!

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया