Hi-Speed Computer

Awareness Campaign

नेपाली कांग्रेस बागलुङमा जित शेरचनको जित



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

बागलुङ: नेपाली कांग्रेस बागलुङको सभापतिमा जितबहादुर शेरचन निर्वाचित भएका छन्। दोस्रो चरणको निर्वाचनबाट पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलानिकट शेरचन सभापति निर्वाचित भएका हुन्।

उनलाई संस्थापन पक्षको समर्थन रह्यो। शेरचनले निकटतम प्रतिस्पर्धी जगदीशचन्द्र उपाध्यायलाई १ सय ५ मतले हराएका हुन्। शेरचनले ८ सय ७३ मत ल्याउँदा उपाध्यायले ७ सय ६८ मत ल्याए।

पदाधिकारीमा उपसभापतितर्फ शेरचन प्यानलका सागर छन्त्याल र उपाध्यायका तारानाथ पौडेल विजयी भए। सचिवमा उपाध्याय प्यानलका हरिहर शर्मा र शेरचन समूहकी गण्डकी थापा अधिकारी, तथा सहसचिवमा शेरचन प्यानलकै फमबहादुर खत्री र उपाध्याय प्यानलका ज्ञानकुमारी श्रीष विजयी भएका छन्। सदस्य पदमा भने दुवै समूहका सदस्य विजयी भए।

Forest
Forest
Ad.

महाधिवेशन प्रतिनिधितर्फ जिल्लाबाट निर्वाचित ५० जनामध्ये ३२ जना पौडेल समूहका विजयी भएका छन् भने बाँकी देउवा सिटौला समूहका विजयी भएका छन्। बडिगाड अनलाइनमा यो खबर छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया