Hi-Speed Computer

Awareness Campaign

कांग्रेस गुल्मीको सभापतिमा पन्थी निर्वाचित, प्रतिद्वन्दी थापा माथि भारी मतको जीत



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

सन्जु काउछा, गुल्मी: नेपाली कांग्रेस गुल्मीको सभापतिमा खिलध्वज पन्थी निर्वाचित भएका छन्। सोमबार बिहान सार्वजनिक मतपरिणाम अनुसार प्रतिद्वन्द्वी वेद बहादुर थापालाई फराकिलो मतान्तरले पराजित गर्दै पन्थी जिल्ला सभापतिमा निर्वाचित भएका हुन्।

कुल खसेको १ हजार ६ सय ९३ मत मध्य पन्थीले १ हजार २ सय ७१ मत प्राप्त गरेका छन् भने सभापतीका अर्का उम्मेदवार थापाको पक्षमा भने जम्मा ३ सय ८४ मत परेको थियो।

महाधिवेशनका लागि १ हजार ७ सय ६६ जना महाधिवेशन प्रतिनिधी रहेकामा शनिबार र आईतवार भएको मतदानमा कुल १ हजार ६ सय ९३ मत खसेको थियो। राम चन्द्र पौडेल पक्षका पन्थी र देउवा पक्षका थापाले जिल्ला सभापतिकाका लागि प्यानल बनाएर चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए।

Forest
Forest
Ad.

त्यस्तै २ जना उपसभापतिको लागि भएको निर्वाचनमा अनन्तराम पाैडेल र शिव बहादुर खत्री निर्वाचित भएका छन्। उनिहरुले क्रमशः १ हजार १ सय ८७ र १ हजार ३३ मत प्राप्त गरेका थिए। उपसभापतीका अर्का उम्मेदवार झविन्द्र विश्वकर्माले भने ५ सय ८ मत मात्र प्राप्त गरे।

उता २ जना नै सचिव पदको लागि भएको निर्वाचनमा भगतसिंह खड्का र जगदीश भट्टराई निर्वाचित भएका छन्। खड्काले १ हजार २२ मत प्राप्त गरे भने भट्टराईले ९ सय ९१ मत प्राप्त गरेका थिए। छवि पाण्डे र धर्मराज पाण्डे सह-सचिबमा निर्वाचित भएका छन् भने सदस्यहरुमा कृष्ण प्रसाद पाेखरेल, धिरेन्द्र केसी, पदम बहादुर विष्ट, ‌लिलाधर आचार्य र लाेकप्रसाद खरेल निर्वाचित भएका छन्।

निर्वाचन परिणाम पश्चात ओझेलका खबर डट कमसँग प्रतिकृया दिदै पन्थीले आफु माथि ठुलो जिम्मेवारी आईपुगेको र अब आफ्नो कार्यकालमा पार्टीलाई थप मजबुद र एकताबद्ध गरेर लाने बताए। ‘अब सबै साथीहरुलाई मिलाएर पार्टी जनताको चाहना बमोजिम सुदृढ र संगठित बनाएर लैजाने प्रयास गर्छु।’, पन्थीले भने, ‘राम्रो कति गर्छु भन्न त सक्दिनँ तर कांग्रेसजनको शिर झुकाउने काम गर्दिन र कसैलाई गर्न पनि दिन्न।’

नेपाली कांग्रेसको ८ औँ जिल्ला अधिवेशनको नेपाली कांग्रेस नेता डा. चन्द्र भण्डारीले शुक्रवार उद्घाटन गरेका थिए। दुवै युवा नेतृत्व रहेकाले कडा प्रतिस्पर्धा हुने धेरैको आँकलन थियो तर मत परिणाम भने ठीक उल्टो आउन पुग्यो।

Awareness by SKF

देउवा समूहका उम्मेदवारहरुले काङ्ग्रेस गुल्मीको अधिवेशनमा मतदान प्रक्रिया शंकास्पद रहेको भन्दै विरोध जनाएपछि शनिबारको मतदान स्थगित भएको थियो। कालिगण्डकी गाउँपालिका प्रमुख समेत रहेका वेद बहादुर थापा मगरको आइतबार बिहान पत्रकार सम्मेलन गर्दै जिल्लाभरकै निर्वाचन प्रक्रिया स्थगित गरि पुन: मतदान गर्न माग गरेका थिए।

उनले शनिबारदेखि सुरू भएको मतदान प्रक्रियामा सभापतिका अर्का उम्मेदवार खिलध्वज पन्थीले छापामार शैलिमा अधिवेशन गरेको आराेप समेत लगाएका थिए।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया