Hi-Speed Computer

Awareness Campaign

गुल्मीका भाइरल ‘विरे दाई’को इन्द्रेणीमा धमाका, मनमायासँग पर्यो दोहोरीमा टक्कर (भिडियो सहित)



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Awareness

Place for ads

सन्जु काउछा, गुल्मी: गुल्मीका बिरे दाई। यतिबेला यही परिचय काफी छ। गुल्मी जिल्ला मुसिकोट नगरपालिका वार्ड नं ७ वामीका वीर बहादुर विश्वकर्माको। रंङ्गिलो स्वभावका बिर बहादुर मिठो गीत गाउँछन्। गाउँमै मेला पर्वमा रंगीला गीत गाउँदै गाउँलेका माया बटुल्दै आएका वीर बहादुर यतिबेला साना ठुला सबैका लागि बिरे दाईका रुपमा चर्चित छन्।

हँसिलो मुहार, रंगिलो स्वभाव अनि मिठो स्वरका कारण यतिबेला उनी सामाजिक सन्जालहरुमा भाईरल भईरहेका छन्। कृष्ण कंडेलद्वारा सञ्चालित चर्चित टेलिभिजन कार्यक्रम ईन्द्रेणीमा गएर दोहोरी गाएपछि उनको चर्चा झन चुलिएको छ।

उत्कृष्ट गला र कला हुँदाहुँदै पनि अवसर नपाएका वीर बहादुर तब “बिरे दाई”को रुपमा चर्चामा आए जब गुल्मीका चर्चित युटुबर मोहन बस्नेतले उनको लुकेको प्रतिभालाई सबैमाझ सार्वजनिक गरे। बस्नेतको युटुब च्यानल मार्फत लाखौँ दर्शक स्रोतामाझ पुगेका बिरे दाईको चर्चा यतिबेला थप चुलिँदो छ।

Forest
Forest
Ad.

गाउँमै आरनको काम गरेर गुजारा चलाउदै आएका ४६ बर्षिय बिरे दाई तुरुन्तको तुरुन्तै तीज, भजन, झ्याउरे, लोकदोहोरी जस्ता गीतहरु सिर्जना गर्ने तथा गाउने गर्दछन्। अझ उनको केटीको स्वरमा गाउने कला पनि बडो गज्जबको लाग्छ।

बहुप्रतिभाशाली बिरे दाईको ईन्द्रेणी पुग्ने बिरे दाईको ठुलो सपना अन्तत: पुरा भएको छा। मोहन बस्नेत, कमल बराल, सुमन पन्थी लगायतको टोली सहित ईन्द्रेणी स्टुडियो पुगेर ईन्द्रेणीकी गायिका मनमाया वाईबासँग दोहोरी पनि गाए।

हेरौँ भिडियो:

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

Awareness by SKF

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया