Clean Water Campaign

Awareness Campaign

गाईको गोबरबाट बिजुली उत्पादन, एउटा गाईको गोबरले ३ घर झलमल्ल



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Awareness

Place for ads

एजेन्सी: गाईको गोबरको प्रयोगका बारेमा त हामीलाई थाहै होला। गोबरलाई मलखादको रुपमा तथा बायोग्याँस उत्पादनमा पनि प्रयोग गरिन्छ। हिन्दु धर्मशास्त्रमा त गाईको गहुँत र गोबरलाई पवित्र मानेर लिपपोतमा प्रयोग देखि पञ्चगव्यमा सेवन समेत गरिन्छ।

हालै एकजना भारतीय डाक्टरले विभिन्न रोग निको पार्ने भन्दै गाईको गोबर खाएको समाचार सार्वजनिक भएको थियो। यी सबैका अलावा गाईको गोबरलाई अर्को निकै महत्वपूर्ण कार्यमा उपयोग गर्न सकिने पुष्टि भएको छ।

हो, बेलायतका किसानहरूले गाईको गोबरबाट बिजुली उत्पादन गरेका छन्। किसानहरूको एक समूहले गाईको गोबरबाट यस्तो पाउडर तयार पारेका छन्, जसबाट ब्याट्री उत्पादन गरिएको छ।

सिंचाई
Forest
Ad.

उनीहरुले एक किलोग्राम गोबरबाट यतिधेरै बिजुली उत्पादन गर्न सफल भएका छन् जसले लगातार पाँच घण्टासम्म भ्याकुम क्लिनर चलाउन सकिन्छ।

बेलायतको आर्ला डेरीले यो चमत्कार गरेको हो। किसानको स्वामित्वको उक्त डेरीले गोबरको पाउडर बनाएर त्यसको ब्याट्री तयार गरेको हो। त्यो ब्याट्रीलाई काउ प्याट्री नाम राखिएको छ। AA आकारको गोबरको ब्याट्रीबाट साढे तीन घण्टासम्म लगातार कपडामा आइरन लगाउन पुग्दछ।

ब्याट्री उत्पादक कम्पनी GP Batteries को दाबी अनुसार एउटा गाईको गोबरबाट वर्षभरीलाई ३ घरमा पर्याप्त बिजुली पुग्दछ। यस हिसाबले ४ लाख ६० हजार गाईको गोबरबाट १२ लाख घरमा बिजुली आपूर्ति ग्र्न सकिन्छ।

अर्ला डेरीमा अधिकांश कार्यका लागि गोबरबाट उत्पादित बिजुलीको प्रयोग गर्न थालिएको छ। त्यस्तै बिजुली उत्पादन बाहेको फोहोरलाई मलखादको रुपमा प्रयोग गरिन्छ। रिपोर्ट अनुसार उक्त डेरीको स्वामित्वमा करीब ४ लाख ६० हजार गाई छन्। जसको गोबरलाई सुकाएर पाउडर तयार गरिन्छ र त्यसबाट ऊर्जा उत्पादन गरिन्छ। अनलाइन खबर डटकममा यो खबर छ।

Awareness by SKF

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया