Hi-Speed Computer

Awareness Campaign

गुल्मी अर्लाङ्कोटको दोस्रो सांगीतिक वृत्तचित्र छिट्टै सार्वजनिक गरिदै



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

गुल्मी: मुसिकोट नगरपालिका, वडा नम्बर ९ साविकको अर्लाङकोट गाविसका उद्दात गाउँप्रेमी प्रवासी युवाहरुले आफ्नो जन्मेथलो प्यारो अर्लाङकोटको मौलिक लोकगीतको श्रव्यदृश्य सामग्री (डकुमेन्ट्री) निर्माण गर्ने कार्य शुरु गरेको बर्ष दिन नबित्दै दुईवटा सांगीतिक वृत्तचित्र निर्माण गरेका छन्।

गत बैशाखमा गुल्मी अर्लाङ्कोट नामक म्युजिक भिडियो सार्वजनिक भए लगत्तै दर्शक श्रोता एवम् संबन्धित ग्रामवासीहरुका गुनासा, सुझाव तथा प्रतिक्रिया आदि अध्ययन पश्चात यथासक्य सबैका  प्रतिक्रिया सम्बोधन हुने गरी दोस्रो साङ्गीतिक वृत्तचित्र निर्माणमा जुटेको संयोजकद्वय गिरिराज सापकोटा र प्रकाश सापकोटाले जानकारी दिनुभयो।

राष्ट्रिय लोक गायक आर.सी. सापकोटाको मृदुल आवाजमा रहेको उक्त गीतमा लोक स्रष्टा हेमनाथ खरालको शब्द रहेको छ।

Forest
Forest
Ad.

वहाँहरु भन्नुहुन्छ, ‘सम्पूर्ण सज्जन मौलिक लोकलयप्रेमी महानुभावहरु, शुभचिन्तकहरु तथा मुसिकोट नगरपालिका-९ आसपासका क्षेत्रमा बसोबास गर्दै आउनुभएका सबैसबै तपाईंहरुको खुशिका लागि भर्खरभर्खर अथाह माया बटुल्दै गरेको गुल्मी अर्लाङकोटको गीतको दोस्रो श्रृंखला अर्लाङकोट सेरोफेरो निर्माणको लगभग अन्तिम चरणमा रहेको तथा यसै मंसिर १० गते शुक्रबार दिउँसो ४ बजे सार्वजनिक गर्ने भरपुर तयारी गरिरहेका छौँ।’

सुमधुर आवाजका धनी हाम्रो सेरोफेरोबाट लोकलयमा लामो समय देखि बलियो रुपमा स्थापित ख्यातिप्राप्त नेपाली लोकसंगीतका चम्किला तारा अर्लाङकोटका वीर छोरा रामचन्द्र सापकोटाको जादुमयी आवाजमा गीत सजिएको छ। तथा संगीतकार रमेश परियारले निकै न्याय गरेर कर्णप्रिय लय बनाउनुभएको हो।

पहिलो गीत यस्तो रहेको थियो:

अर्लाङकोट निउरे खोला देखि नेवाखोलाको बिचमा तथा दरमखोला देखि शालिमे सम्म अवस्थित सम्पूर्ण यथास्थितिका मौलिक शब्दबन्दीले बनेको अत्यन्तै कालजयी यो लोकगीत साँच्चिकै अद्भुत र अनुकरणीय बनेको छ। गीतका शब्द संकलक हेमनाथ खराल भन्नुहुन्छ, ‘यहाँहरु सबै शुभचिन्तकहरुको माया तथा सद्भाव रहनेछ भन्नेमा हामी विश्वस्त छौँ।’

Awareness by SKF

यस ऐतिहासिक महत्वको श्रव्य-दृश्य सामग्री (सांगीतिक वृत्तचित्र) निर्माणको काममा सहभागी नामहरु प्रेम सापकोटा, भेषराज सापकोटा, बुद्धि सापकोटा, प्रकाश सापकोटा, गिरिराज सापकोटा, रामचन्द्र सापकोटा, ज्ञानेश्वर सापकोटा, कृष्णराज सापकोटा, तारा सापकोटा, लोकेश सापकोटा, मित्रलाल सापकोटा र विष्णु खरेलले गर्नुभएको छ।

खराल भन्नुहुन्छ, ‘यो हाम्रो आफ्नै अपनत्वको मौलिक लोकगीत छिट्टै तपाईंहरु माझ ल्याउने तयारी भइरहेको खुशी बाँड्न चाहन्छौँ।’

यस वृत्तचित्रमा गुरुङ संस्कृति, मौलिक ठाडो भाका, पञ्चेबाजा लाइभ नृत्य, लोक भजन गायन नृत्य प्रस्तुति लगायत भिडियो छायांकनमा उपस्थिति जनाउनुहुने सबैसबै आमाबुबा दाजुभाइ दिदिबहिनीहरुलाई विभिन्न चरणहरुमा देखाइनेछ।

संस्कृतिप्रेमी तथा यस गीतका रचनाकार हेमनाथ खराल थप्नुहुन्छ, ‘सम्पूर्ण अग्रज, विद्वान, विचारक, युवा क्लब, आमा समूह, पत्रकार सबैसबै अर्लाङकोटप्रेमी तपाइहरुलाई पहिलो भिडियोमा जस्तै साथ सहयोग एवम् धेरै भन्दा धेरै शेयर सब्सक्राइब ‌र सुझाव प्रतिक्रियाको लागि आग्रह गर्दछौँ।’

अर्लाङ्गकोट जन्मभूमि भई विश्वभर छरिएर रहनुभएकाले विदेशमा रहनुपर्दाको पिडा, गाउँघरको मायालाई यसरी लोकलयलाई गाउँका मनमोहक दृश्यहरु संग मिलाएर गाउँ प्रतिको माया र खुसी बाँड्ने यो कार्य प्रशंसनीय रहेको छ।

संयोजक द्वय गिरिराज सापकोटा र प्रकाश सापकोटाले मुसिकोट नगरपालिका सेरोफेरोका सम्पूर्ण तपाईं लगायत सबै सबै लोकलयप्रेमी मनमुटुमा, शुभचिन्तकहरुमा एकमुष्ट बधाई तथा शुभकामना बाँड्न चाहनुभएको छ।

यस गीतबाट भविष्यमा हुन सक्ने आम्दानी अर्लाङ्गकोट कै सामाजिक कार्यमा लगानी गर्ने उद्देश्य रहेको पनि संयोजकले जानकारी गराउनुभयो।

यो म्युजिक भिडियो यथासिघ्र RC Sapkota युट्युब च्यानल मार्फत सार्वजनिक गर्ने तयारी भइरहेकोले उक्त च्यानललाई सब्स्क्राइब र शेयर गरेर हामीलाई थप हौसला प्राप्त हुने विश्वास निर्माण पक्षको रहेको छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया