Awareness

१८ वर्षको उमेरमा सबैभन्दा बढी मत पाएर कांग्रेसको प्रदेश अधिवेशन प्रतिनिधि बनिन् उषा

खबर राजनीतिका खबर

Place for ads

काठमाडौं: सत्तारुढ नेपाली कांग्रेसको आसन्न १४औं महाधिवेशनअन्तर्गत प्रदेश सभा अधिवेशनमा किशोर उमेरकाहरु पनि प्रतिनिधि चयन भएका छन्।

बाग्लुङमा शनिबार सम्पन्न प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ प्रदेश सभा ‘क’ अन्तर्गतको अधिवेशनमा १८ वर्षीया किशोरी उषा सापकोटा विजयी भएकी हुन्।

Get Vaccinated

समानुपातिक सदस्य तर्फ खस आर्य महिलामा एक जनाको लागि भएको निर्वाचनमा उनी विजयी भएकी हुन्। उनले अन्य निर्वाचित प्रतिनिधिमा सबैभन्दा धेरै मत पाएकी छन्। उनले २८६ मत पाएकी हुन्।

बागलुङको काँठेखोला गाउँपालिका-०५ स्थायी घर भएकी सापकोटा कांग्रेसकी कान्छी प्रतिनिधी मध्ये एक बनेकी छन्। उनले काठमाडौ मोडेल कलेजबाट कानुनमा प्लस टु सकेकी छन्।

कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले १० प्रतिशत किशोर केन्द्रीय सदस्य र प्रदेश कार्य समिति सदस्यको अवधारणा यिनै उदाउँदो अनुहारहरुका लागि भएको बताएका छन्।

सामाजिक सञ्जालमा शर्माले लेखेका छन्, ‘१८ बर्ष पुग्दा उम्मेदवार, उम्मेदवार बनिसक्दा शानदार मतकासाथ विजय! प्रदेश अधिवेशन प्रतिनिधिमा विजयी बाग्लुङकि उषा सापकोटालाई धेरैधेरै बधाई! १० प्रतिशत किशोर केन्द्रीय सदस्य र प्रदेश कार्य समिति सदस्यको अवधारणा यिनै उदाउँदो अनुहारहरुका लागि!’

Awareness by SKF

सापकोटासँगै मोरङ क्षेत्र नम्बर ६ (ख) मा पनि १८ वर्षीया रक्षा यादव सर्वसम्मतीमा प्रदेश प्रतिनिधिमा चयन भएकी छन्। नेपाल लाइभमा यो खबर छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *