Awareness Campaign

पौँदीमा न्वागी पर्व सुरु, ग्वालिचौरमा मेला लाग्ने



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Place for ads

बागलुङ: गुल्मी सीमामा पर्ने पौँदी क्षेत्रमा आजदेखि न्वागी खाने पर्व सुरु भएको छ। वर्षेनी धानबाली भित्र्याएपछि मङ्सिरमा यो पर्व मनाइन्छ। नयाँ चामलमा दही, केरा, सिलाम र चिनी मिसाएर न्वागी बनाई खाने प्रचलन छ।

ज्योतिषले निकालेको शुभमूर्हत अनुसार बिहान ९ः४० बजे उत्तर फर्की न्वागी खाएपछि पर्वको सुरुआत भएको हो। शुभसाइत आज परे पनि दुई तीनसम्मै न्वागी खाने परम्परा रहेको पौँदी न्वागी मेला तथा संस्कृति संरक्षण समितिका अध्यक्ष कलाधर घिमिरेले बताए।

उनका अनुसार गुल्मीको मुसिकोट नगरपालिकाको नेटा, पौँदीअमराई, इस्मा र बागलुङको बडिगाड गाउँपालिकाको ग्वालीचौर, जलजला र दगामा एकै समयमा न्वागी खाने पर्व सुरु हुन्छ। पहिले नेपालमा टुक्रे राज्य हुँदा यी क्षेत्र इस्मा राज्यमा पर्थे।

Forest
Forest
Ad.

कर्णाली राज्य टुक्रिएर १५औँ शताब्दीतिर इस्मा राज्यअन्तर्गत परेपछि पौँदी क्षेत्रमा न्वागी खाने पर्व सुरु भएको कथन छ। “यकिन र लिखित इतिहास त छैन, तर यो पर्व सयौँ वर्षदेखि चल्दै आएको हो”, अध्यक्ष घिमिरेले भने, “पौँदी क्षेत्रमा धानखेती धेरै हुने भएकाले तत्कालीन राजा/रजौटाले न्वागीको परम्परा बसालेको हुनुपर्छ।”

स्थानीयवासीको भनाइमा तत्कालीन इस्मा राज्यका राजाले सय मुरी धान फल्ने खेतको गुठी बनाएका थिए। छत्रुगुठीका रूपमा रहेको उक्त खेतमा उब्जाउ भएको धानलाई भित्र्याएपछि पहिलो परिकारस्वरुप न्वागी बनाएर खाने प्रचलनको सुरुआत भएको मानिन्छ।

पछि त्यस क्षेत्रका सबै बासिन्दाले धानबाली स्याहारेपछि न्वागी खाने संस्कार बसालेका हुन्। आफन्त, इष्टमित्रलाई समेत घरमा निम्ता गरेर न्वागी खुवाउने चलन रहेको छ। पाहुनालाई सुरुमा न्वागी चखाएपछि नयाँ चामलकै भात र अन्य परिकार खुवाउने गरिन्छ। धानखेत नभएकाले पनि न्वागी खाएर पर्व मनाउँछन्।

न्वागी पर्वकै अवसर पारेर आजैदेखि बडिगाड गाउँपालिका-५, ग्वालीचौरमा परम्परागत न्वागी मेला लाग्दैछ। बुधबारसम्म चल्ने मेलामा कृषि प्रदर्शनीसहित प्रतियोगितात्मक खेलकुद तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ। गत वर्ष को’भिड-१९ का कारण रोकिएको मेलालाई यसपालिदेखि निरन्तरता दिइएको समितिका सचिव विष्णुप्रसाद आचार्यले बताए।

Awareness by SKF

पहिले-पहिले त्यस क्षेत्रकै ठूलो मेलाका रूपमा पौँदीको न्वागी मेलालाई लिइन्थ्यो। पछिल्लो समय न्वागी मेलाको स्वरुप फेरिँदै आए पनि स्थानीयवासी अझै पनि मौलिकता जोगाउन लागिपरेका छन्।

मेलाले त्यस क्षेत्रको कला, संस्कृति, खेल र व्यापारको प्रवद्र्धन तथा उत्थानमा टेवा पुग्ने विश्वास लिइएको छ। मेलामा गाउँपालिका कप खुला पुरुष तथा महिला भलिबल प्रतियोगिता पनि राखिएको छ। ज्योतिन्यूज डटकममा यो खबर छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया