Smoking Causes Cancer

नेपाली कांग्रेस प्रदेश सभा अधिवेशन: गुल्मीमा को-को बने सभापति?



ओझेलका खबर संवाददाता
५ वर्ष अगाडि


Place for ads

गुल्मी: नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत गुल्मीका चारै वटा प्रदेशसभाका निवार्चन क्षेत्रमा अधिवेशन सम्पन्न भएको छ।

चार वटा प्रदेश क्षेत्र रहेको गुल्मी जिल्लामा नेपाली काग्रेंसले तीन वटा क्षेत्रमा निवार्चन मार्फत नेतृत्व चयन गरेको छ भने एउटा क्षेत्रमा सर्वसम्मतले नेतृत्व चयन गरिएको छ।

गुल्मी निवार्चन क्षेत्र नम्बर १ प्रदेश (क) बाट लोक प्रताप शाहलाई हराउँदै सन्तोष गौतम सभापतिमा निवार्चित भएका छन् भने (ख) बाट भरत भलामीलाई हराउँदै हरी प्रसाद अर्याल सभापति चयन भएका छन्।

सिंचाई
Forest
Ad.

त्यस्तै, क्षेत्र नम्बर २ को (क) मा झविन्द्र अर्याल सर्वसम्मतले सभापतिमा चयन हुँदा (ख) बाट रेखा कुमार जिसी सभापतिमा निवार्चित भएका छन्। जिसी रविन्द्र घिमिरेलाई पराजित गर्दै सभापति चयन भएका हुन्।

यता नेपाली कांग्रेस गुल्मीले निवार्चनलाई सकारत्मक रुपमा लिएको प्रतिक्रिया दिएको छ। प्रजातान्त्रिक परिपाटीमा निर्वाचन समान्य कुरा भएको नेपाली कांग्रेसका जिल्ला सचिव खिलध्वज पन्थीले बताए। गुल्मी अपडेट डटकममा यो खबर छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया