Hi-Speed Computer

Awareness Campaign

सातौँ मालिका पुर्णिमा मेला सम्पन्न, भलिबलको उपाधि बागलुङले हात पार्यो



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

सागर भण्डारी, गुल्मी: गुल्मी जिल्लाको प्रसिद्ध धार्मिक पर्यटकिय स्थल कुर्घा मालिकामा बैकुण्ठ चतुर्दशीको अवसर पारेर आयोजना गरिएको सातौँ मालिका पुर्णिमा मेला सम्पन्न भएको छ।

कार्तिक २८ गतेदेखि सुरु भएको कार्यक्रमको समापन समारोहलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि एवम् मुसिकोट नगरपालिकाका नगरप्रमुख सोमनाथ सापकोटाले मालिका मन्दिरको विकासका लागि नगरपालिकाले थुप्रै पूर्वाधारका कामहरु सम्पन्न गरेको बताउनुभयो। उहाँले मालिकासम्म आउनका लागि १२ महिनानै चल्ने गरी सडकको विस्तार भएको, घेराबार, खेलमैदान निर्माण लगायत अन्य थुप्रै कामहरु सम्पन्न भएको बताउनुभयो।

कार्यक्रममा बोल्दै मुसिकोट नगर उपप्रमुख कमला शर्मा र नगरपालिकाका प्रमुख प्रशाशकीय अधिकृत खिमानन्द भुषालले गुल्मी जिल्लामै धार्मिक र ऐतिहासिक महत्व बोकेको मालिका मन्दिरको प्रचार प्रसारका लागि यस्ता मेला महोत्सवले ठुलो महत्व राख्ने बताउनुभयो। उहाँहरुले नगरपालिकाको सम्पत्तिको रुपमा रहेको मालिका क्षेत्रको विकास गरी आन्तरिक एवम् बाह्य पर्यटक बढाउन सकेमा समग्र नगरकै आर्थिक विकासमा ठुलो टेवा पुग्ने धारणा राख्नुभयो।

Forest
Forest
Ad.

मेलाका अवसरमा आयोजना गरिएको खुल्ला अन्तर पालिका वडा स्तरीय पुरुष भलिबल प्रतियोगितामा गल्कोट नगरपालिका वडा नं ५ प्रथम र तिरिमिरे रेष्टुरेण्ट मुसिकोट नगरपालिका-५ द्वितिय भएका छन्।

कार्यक्रमको अन्तिम दिन आज ख्यातिप्राप्त कलाकारहरु दोहोरी च्याम्पियन विजेता प्रकाश पराजुली, मिना बुढाथोकी, लोकगायक सन्तु थापा, गोविन्द विसी लगायतको सांगीतिक प्रस्तुती गरेको थियो।

कार्यक्रममा मुसिकोट नगरपालिका वडा नं ६ का वडाध्यक्ष खड्क बहादुर खड्का, मुसिकोट नगरपालिका स्वास्थ्य शाखा प्रमुख डिबी जिसी, स्वास्थ्य सहसंयोजक पुष्कर गौतम, समाजसेवी झविराम शर्मा, ज्ञानहरी सापकोटा, नेपाली काँग्रेस मुसिकोट नगरपालिका वडा नं ६ सभापति रामु गौतम लगायतको उपस्थिति रहेको थियो। कार्यक्रमको सञ्चालन शिक्षकद्वय चिन्तामणी चालिसे र गोपाल रायमाझीले गर्नुभएको थियो।

मालिका पुर्णिमा मेला व्यवस्थापन समितिले प्रत्येक वर्ष मालिका क्षेत्रको प्रचार प्रसार र प्रवर्द्धनका लागि मेलाको आयोजना गर्दै आईरहेको छ। वर्षहरुमा पनि मेला आयोजना हुँदै आइरहेको छ।

Awareness by SKF

यसैबीच आज बैकुण्ठ चतुर्दशीका अवसरमा मालिका मन्दिरमा मालिका देवीको दर्शन र पुजाआरधना गर्ने गरिन्छ। यस क्षेत्रकै प्रशिद्ध मानिने मालिका देवीको दर्शन गरि बर माग्दा आफ्नो मनोकाङक्षा पुरा हुने धार्मिक जनविश्वास रहदै आएको छ।

प्रत्येक बर्ष शिब बैकुण्ठ चतुदर्शीको अबसरमा मालिका मन्दिरमा विशेष मेला महोत्सव पुजाआराधना, आफ्ना भाकलहरु चढाउने र मालिकादेवी दर्शन र सँगै मालिका मेलाको अवलोकन र मनोरञ्जनको लागि परम्परादेखि नै उल्लेख्य मात्रमा दर्शनार्थीहरुको आउने प्रचलन रहदै आएको छ। बिहानै देखि मालिका मन्दिरमा दर्शनार्थीको घुँईचो बढेको छ।

मालिकाको दर्शन गर्न गुल्मी तथा छिमेकी बागलुङ र अर्घाखाँची लगायतका जिल्लाका स्थानहरुबाट साँझदेखि नै कोही गाडीको माध्यमबाट त कोही पैदल यात्रा गरि हजारौँ श्रद्धालु भक्तजनहरु मालिका देवीको दर्शन गर्न आउने गर्छन्।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया