Salime Malika Krishi Farm

Awareness Campaign

गुल्मीको मालिका देवीको मन्दिरमा चिच्याएर नभई मनमनै वर माग्न थालियो



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Awareness

Place for ads

कौरव खत्री, गुल्मी: गुल्मीमा बैकुण्ठ चतुदर्शीका अवसरमा लाग्ने मालिका मेला तथा मालिकाको दर्शनका लागि बागलुङ तथा अर्घाखाँची लगायतका जिल्लाबाट श्रद्धालु भक्तजनहरु मालिका मन्दिरमा अस्ति बिहानैदेखि मालिका देवीको दर्शन गर्ने तथा पूजाआराधन गर्ने हजारौँ दर्शनार्थीहरुको घुइँचो लागेको थियो।

परम्परा अनुसार एकदम चिच्याएर वर माग्नुपर्छ भन्ने प्रचलन भने आजभोलि त्यो परम्परा क्रमशः अहिलेको पुस्ताहरुले मनले कल्पना गरेपनि वर पाइन्छ भनेर सबैले मनमनै वर माग्ने गरेको मालिका मन्दिर व्यवस्थापन समितिका अध्यक्ष झविराम शर्माले बताए।

जिल्लाको मुसिकोट नगरपालिका-६, कुुर्घामा रहेको मालिका मन्दिर जिल्लाकै धार्मिक तथा पर्यटकीय क्षेत्रकै रुपमा प्रसिद्ध मानिन्छ। मालिका देवीको दर्शन गर्न जिल्लाका विभिन्न स्थानबाट तथा छिमेकी जिल्लाहरुबाट हजारौँ दर्शनार्थीहरु मालिकामा आएर चिच्याएर वर माग्दा आफ्नो मनोकाङ्क्षा पुरा हुने धार्मिक जनविश्वासका साथ मन्दिरको दर्शन गर्ने र भाक्कल चढाउने र मन्दिरमा परेवा उडाउने र मालिका देवीको दर्शन गर्न शुक्रवार बिहानै देखि मालिकामा भक्तजनको घुइँचो लागेको छ।

सिंचाई
Forest
Ad.

बैकुण्ठ चतुर्दर्शीको अवसरमा लाग्ने मेला र महोत्सवलाई मध्यनजर गरि मालिकाको दर्शन गर्न गुल्मी तथा छिमेकी जिल्ला बागलुङ र अर्घाखाँची लगायतका जिल्लाका विभिन्न स्थानहरुबाट अघिल्लो दिन साँझदेखि नै हजारौँ शदालु भक्तजनहरु मालिकादेवीको दर्शन आएको मालिका मन्दिर व्यवस्थापन समितिका अध्यक्षले बताए।

साथै दर्शनार्थीहरुलाई दर्शन गर्नका लागि पालैपालो लाइनमा बसेर दर्शन गर्ने व्यवस्था मिलाएको उनले जानकारी दिए। साथै उनले भने, ‘दर्शन गर्न आउने दर्शनार्थीहरुलाई मध्यनजर गरि बिहानैदेखि मन्दिरमा परेवालाई बलीको रुपमा नचढाई परेवा शान्तिका प्रतिक भएको हुँदा परेवालाई मन्दिरमा उडाउने व्यवस्था गरिएको छ।’

मालिका देवीको दर्शन गर्न आएका श्रद्धालु भक्तजनहरुको घुइँचोले मालिका क्षेत्रमा चहलपहल हुनाले मन्दिर आसपासमा रहेका होटल व्यवसाय, पुजा आराधनाका सामाग्री र फलफूल लगायतबाट व्यापारीहरुले लाखौँको कारोवार गरेका छन्।

शिव बैकुण्ठ चतुदर्शीको अवसर पारेर विगत केहि बर्षयता निरन्तर रुपमा मालिकाको प्रचारप्रसार गर्दै मालिकालाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न टेवा पुगोस भनि विगत निरन्तर रुपमा मालिका महोत्सव आयोजना गर्दै आएको मालिका महोत्सव समितिका आर्थिक संयोजकले जानकारी दिए।

Awareness by SKF

बागलुङ जिल्लाको साविक बाटाकाचौर गाविस स्थित बुढी बरजूको मन्दिरमा अद्यपि ठुलोश्वरमा चिच्याएर वर माग्ने प्रचलन रहि आएको छ।

तस्वीर: रविलाल पौडेल

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया