Awareness

खड्क ओलीले भन्दा दश गुणा उत्कृष्ट काम गरेर देखाउछु: शहरी विकास मन्त्री रामकुमारी झाँक्री

खबर राजनीतिका खबर

Place for ads

काठमाडौं: समाजवादी पार्टीकी सचिव रामकुमारी झाँक्रीले पहिलो एक्सन आफ्नै श्रीमानमाथि लिन लागेको खबर छ। उनले आफ्ना श्रीमानको सरुवा गरेर आफू मातहतको मन्त्रालयमा तान्न लागेकी हुन्। उनी पहिलो पटक मन्त्री बनेकी छन।

विद्यार्थी राजनीतिबाट नेपालको मुलधारको राजनीतिमा प्रवेश गरेकी झाँक्रीलाई मन्त्री बन्न पार्टी नै फुटाउन परेको छ। पार्टी फुटेपछिको पहिलो सरकारमा नै झाँक्रीले शहरी विकास मन्त्रालय जस्तो शक्तिशाली मन्त्रालयको बागडोर सम्हाल्न पुगेकी छन्।

Get Vaccinated

अरु जस्तो उनलाई मन्त्रालय चलाउन खासै समस्या हुने छैन्। किन भने उस्तै प्रकृतिको मन्त्रालयको उपसचिव छन् उनको श्रीमान्। झाँक्रीका श्रीमान् पशुपति पुरी भौतिक पूर्वाधार विकास मन्त्रालयका उपसचिव छन्। भौतिक मन्त्रालयकै छेउ भएर।

झाँक्रीले सम्हाल्ने सहरी विकास मन्त्रालय पुगिन्छ। पुरीलाई सरुवा गरेर सहरी विकास मन्त्रालय ल्याउने उनको तयारी छ। कुनै मन्त्री सफल हुनका लागि कर्मचारीको सबैभन्दा ठूलो हात हुन्छ। त्यसमा पनि सचिवालयमा काम गर्ने सरकारी तर्फको स्वकीय सचिवको भुमिका झन महत्वपूर्ण हुन्छ।

उनको स्वकीय सचिव बनाउन सम्भव नभएपनि महत्वपूर्ण विभागमा ल्याएर कामलाई सहज बनाउन सकिने बुझिएको छ। नेकपा एमालेमा अन्तरसंघर्ष हुँदादेखि पार्टी गठनसम्म झाँक्रीले माधव नेपाललाई बलियो साथ दिएकी थिइन्। त्यहि साथका कारण झाँक्री मन्त्रालय पाएकी छन्।

झाँक्री अनेरास्ववियुको अध्यक्षसमेत भएकी थिइन्। उनी अनेरास्ववियुको अध्यक्ष बन्ने पहिलो महिलासमेत हुन्। यस अघि उनको स्वास्थ्य र पर्यटन मन्त्री बन्ने चर्चा।

Awareness by SKF

भएको भएपनि अन्ततः उनी शहरी विकास मन्त्री बनेकी हुन्। नेकपा एकीकृत समाजवादीका नेता विरोध खतिवडाले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाएका छन्। सिएन चौतारी डटकममा यो खबर छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *