Awareness

गुल्मीमा १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ

अपराध खबर

Place for ads

गुल्मी: गुल्मीमा १३ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन्।

जबरजस्ती करणी गरेको अभियोगमा जिल्ला स्थित ईस्मा गाउँपालिका-३, दौवा बस्ने १९ वर्षीय कृष्ण मुखियालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ।

Get Vaccinated

कृष्णले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी ईश्माबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाईएको छ।

उता १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा सिराहामा कल्याणपुर नगरपालिका-४ बैरिया बस्ने १८ वर्षीय किशोरलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

किशोरीले आफ्नै खेतमा एक्लै धान काटिरहेको अवस्थामा ती किशोरले जबरजस्ती करणी गर्नुका साथै १ थान मोबाइल, नगद ७ हजार ५ सय रुपैयाँ र ५ तोला बराबरको चाँदीको ब्रास्लेट १ थान समेत खोसी लगेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ। गुल्मी न्यूज डटकममा यो खबर छ।

Awareness by SKF

Leave a Reply

Your email address will not be published. Required fields are marked *