Smoking Causes Cancer

कुर्घा मालिकामा पुर्णिमा मेला आयोजना, भलिबल प्रतियोगिता देखि कलाकारको प्रस्तुति रहने



ओझेलका खबर संवाददाता
५ वर्ष अगाडि


Place for ads

गुल्मी: गुल्मी जिल्लाको प्रसिद्ध धार्मिक पर्यटकिय स्थल कुर्घा मालिकामा बैकुण्ठ चतुर्दशीको अवसर पारेर सातौँ मालिका पुर्णिमा मेला आयोजना भइरहेको छ।

मेलामा मालिका देवीको पूजाआजाका साथै खुल्ला अन्तर पालिका वडा स्तरीय पुरुष भलिबल प्रतियोगिताका साथै विविध सांस्कृतिक कार्यक्रमहरुको आयोजना गरिने आयोजकले जनाएको छ।

कार्यक्रममा ख्यातिप्राप्त कलाकारहरुको प्रस्तुति पनि रहने आयोजक मालिका पुर्णिमा मेला व्यवस्थापन समितिले बताएको छ। धार्मिक महत्वको प्रसिद्ध मालिका मन्दिरमा बैकुण्ठ चतुर्दशीमा अघिल्ला वर्षहरुमा पनि मेला आयोजना हुँदै आइरहेको छ। यस अवसरमा मन्दिर दर्शन गर्न आउनेहरूको घुइँचो हुने गर्दछ।

सिंचाई
Forest
Ad.

यस मेलामा उपस्थित भई पुण्य कमाउन र मेलाको शोभा बढाइदिनु हुन आयोजकले आग्रहसमेत गरेको छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया