Hi-Speed Computer

Awareness Campaign

अब इन्टरनेट बिना नै ह्वाट्सएप चलाउन सकिने



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

काठमाडौं: सोसल मेसेजिङ प्ल्याटफर्म ह्वाट्सएपले एक नयाँ फिचर प्रयोगकर्ता माझ ल्याउँदैछ। उक्त फिचरसँगै प्रयोगकर्ताले इन्टरनेट बिना नै ह्वाट्स्एप एप चलाउन पाउनेछन्।

यसमा प्रयोगकर्ताले ह्वाट्सएपलाई कुनै डिभाइसमा जोड्नका लागि स्मार्टफोनमा अनलाइन राख्नु आवश्यक पर्ने छैन। अर्थात् अब एन्ड्रोइड तथा आईओएस प्रयोगकर्ताले ह्वाट्सएपमा मल्टी डिभाइस फिचरको प्रयोग गर्न पाउनेछन् र त्यसका लागि प्राथमिक स्मार्टफोनमा ह्वाट्सएप अनलाइन राख्नुपर्ने छैन।

ह्वाट्सएपका अनुसार अब प्रयोगकर्तालाई प्राथमिक स्मार्टफोनको आवश्यकताबिनै अन्य उपकरणहरूमा ह्वाट्सएप लिंक गर्ने अनुमति दिनेछ।

Forest
Forest
Ad.

प्राइमरी स्मार्टफोन बिनै डिभाइसहरू कनेक्ट गर्ने नयाँ फिचर अहिले परीक्षणको चरणमा अर्थात् बेटा स्टेजमा रहेको छ। यो एक अप्टइन फिचर हो जसलाई ह्वाट्सएपको सेटिङ्स मेन्यूमा लिंक्ड डिभाइसेसको विकल्पमा बेटाको रुपमा दिइएको छ।

कम्पनीका अनुसार यस फिचरमा प्रयोगकर्ताको डाटाको सुरक्षामा पनि विशेष ध्यान दिइएको छ। जस अनुसार यस अप्सनलाई सक्रिय गर्ने बित्तिकै सबै डिभाइस अनलिंक हुनेछन् भने पुनः लिंक गरेपछि मात्र प्रयोगकर्ताले यसलाई पहिलेकै रुपमा प्रयोग गर्न पाउनेछन्।

म्यानुअल्ली लगआउट नगरेमा लिंक गरिएका डिभाइसहरू १४ दिनसम्म मेसेज प्राप्त गर्न तथा पठाउन सक्षम हुनेछन्।

 

Awareness by SKF

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया