Hi-Speed Computer

Awareness Campaign

नेपाली कांग्रेस ढोरपाटनले देउसी भैलो खेलेर संकलन गर्यो ६ लाख भन्दा बढी रकम



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Awareness

Place for ads

बागलुङ: नेपाली काँग्रेस ढोरपाटनले देउसी भैलो खेलेर ६ लाख बढी आर्थिक संकलन गरेको छ। आइतबार एक कार्यक्रम गरि आयव्यय सार्वजनिक गर्दै २०७८ सालको देउसी भैलो कार्यक्रमबाट ६ लाख २ हजार रुपैयाँ संकलन भएको नेपाली काँग्रेस ढोरपाटन नगरपालिका वडा नम्बर १ का सभापती बान बहादुर छन्त्यालले बताए।

बुर्तिबाङ बजार क्षेत्रमा दुई दिन खेलिएको देउसी भैलोबाट उक्त मात्रामा रकम संकलन भएको र १ लाख खर्च भई बाँकी रकमले पार्टीको सम्पर्क कार्यालय सञ्चालन गर्न र विपदमा परेका नागरिकको सहयोगका लागि सहयोग पुग्ने बताइएको छ। बाँकी रकम बैँक खातामा जम्मा गरिने छ। आवश्यक पर्दा प्रयोग गर्ने गरी पार्टीको नाममा रकम जम्मा गरिने कांग्रेस ढोरपाटन नगरले जनाएको छ।

कार्यक्रममा नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधी सोम पौवीले बोल्दै लामो समय पछि पार्टीको तर्फबाट खेलिएको देउसी कार्यक्रमले नयाँ पुस्तालाई थप उर्जावान बनाउनुका साथै कला र सँस्कृतिको जर्गेनामा समेत महत्वपूर्ण भुमिका खेलेको बताए। कार्यक्रम नगर सचिव टिकाराम पाण्डेले सञ्चालनमा सम्पन्न भएको थियो। बागलुङ पोष्ट डटकममा यो खबर छ।

Forest
Forest
Ad.
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया