सुशिल खनाल, गुल्मी: नेकपा एकीकृत समाजवादीले गुल्मीको धुर्काेट गाउँपालिका, वडा नम्बर ५, वस्तुमा एक कार्यक्रमका बिच चियापान तथा संगठन विस्तार कार्यक्रम सम्पन्न गरेकाे छ। नेकपा एकीकृत समाजवादी पार्टीले धुर्काेट गाउँपालिका-५, वस्तुमा चियापान संगै वडा कमिटी गठन गरेकाे हाे।
साेमबार भएको वडा स्तरीय चियापान तथा कार्यकर्ता भेलाले कृष्ण भण्डारीको संयोजकत्वमा १५ सदस्यीय वडा कमिटि गठन गरेकाे छ भने सह-संयाेजकमा यमलाल घर्ती, सचिवमा सुदिप नेपाली, सह-सचिवमा राेशन कुंवर चयन भएका छन्।
नेकपा एकीकृत समाजवादी नेपाल लुम्बिनी प्रदेश सदस्य नरेश भण्डारीकाे अध्यक्षता रहेकाे उक्त कार्यक्रमकाे अविरल भण्डारीले सहजीकरण गर्नुभएकाे थियाे।
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |







