Awareness

आधा दर्जन बैंक तथा लघुवित्त कम्पनीले शेयरधनीलाई बोनस बाँड्दै, यस्तो छ विवरण

शेयर बजार खबर

Place for ads

काठमाडौँ: बैंकहरुले आफ्ना शेयरधनीलाई बोनस वितरण गर्न सुरु गरेका छन्। गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई लाभांश वितरण गर्नका लागि बैंकहरुले साधारण सभा आयोजना गरेका छन्।

आधा दर्जन बढी बैंकले लाभांश वितरण सुरु गरेका छन्। सानिमा बैंकले कात्तिक १४ गते, कुमारी बैंक र सिटिजन्स बैंक इन्टरनेशनलले हिजो अर्थात कात्तिक १६ गते साधारणसभा आयोजना गरेर लाभांश वितरण गर्ने प्रक्रियामा गइसकेका छन्।

Get Vaccinated

सिटिजन्स बैंक इन्टरनेशनले गत आर्थिक वर्ष २०७७/७८ को सञ्चित मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १२.९१३ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ३.०८७ प्रतिशत नगद गरी कुल १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।

यस्तै, सानिमा बैंकले आफ्ना शेयरधनीलाई १७ प्रतिशतका दरले बोनस शेयर दिने प्रस्ताव पारित गरेको छ। कात्तिक १४ गते बैंकको १७ औँ  साधारणसभाले हालको चुक्ता पुँजीको १७ प्रतिशतका दरले हुने एक अर्ब ६४ करोड ५८ लाख ५८ हजार २ सय ४४ रुपैयाँबराबरको बोनस शेयर वितरण गर्ने संचालक समितको प्रस्ताव स्वीकृत गरेको हो।

कुमारी बैंक पनि सेयरधनीलाई लाभांश वितरण गर्ने प्रक्रिया अगाडि बढेको हो। कुमारी बैंकले सेयरधनीलाई गत आर्थिक वर्ष २०७७/७८ को सञ्चित मुनाफाबाट चुक्ता पूँजीको ६ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि २.६७ प्रतिशत नगद गरी कुल ८.६७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।

सांग्रिला विकास बैंकले पनि साधारणसभा गरिसकेको छ। बैंकको कार्तिक १६ गते वार्षिक साधारणसभा भएको हो। बैंकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद गरी कुल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो।

Awareness by SKF

यस्तै, साधना, डिप्रोक्स, अभियान लघुवित्तले पनि साधारणसभा गरिसकेका छन्। ७ वटा बैंक तथा वित्तीय संस्थाले तिहार भित्रै सेयरधनीलाई लाभांश वितरण गरिसक्नेछन्।

यस्तै, माछापुच्छ्रे बैंक, नेपाल बंगलादेश बैंकले पनि साधारणसभाको आव्हान गरिसकेका छन्। माछापुच्छ्रे बैंकले कात्तिक २६ गते साधारणसभा बोलाएको छ। नेपाल बैगलादेशले पनि मंसिर २ गतेका लागि साधारणसभा डाकेको छ।

बैंकको साधारणसभाले साढे १५ प्रतिशत लाभांश प्रस्ताव अनुमोदन गर्नेछ। बैंकले १२ प्रतिशत बोनस सेयर र बाँकी साढे ३ प्रतिशत नगद लाभांश दिने कम्पनीले घोषणा गरेको छ। यस्तै, विकास बैंकहरुमा कामना सेवा विकास बैंक र साङ्ग्रिला विकास बैंकले पनि साधारणसभाको आव्हान गरिसकेको छ।

बैंकले कात्तिक २३ गते साधारणसभा बोलाएको छ। बैंक्ले गत आर्थिक वर्ष २०७७÷७८ को सञ्चित मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १८.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.९७ प्रतिशत नगद गरी कुल १९.४७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *