Clean Water Campaign

Awareness Campaign

बुर्तिबाङमा कार्यक्रम भोलि पनि जारी, पुरुष भलिबलमा गल्कोट ‘बी’ र ढोरपाटन ‘ए’ फाइनल प्रवेश



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Awareness

Place for ads

बागलुङ: जिल्लाको ढोरपाटन नगरपालिका र बुर्तिबाङ राइजिङ क्लबको संयुक्त आयोजनामा दोस्रो ढोरपाटन मेयर रनिङ गोल्डकप प्रतियोगिता आज पनि जारी रहेको छ।

बुर्तिबाङ राइजिङ क्लबको १९ औँ बार्षिको उत्सवको अवसर तथा दोस्रो ढोरपाटन मेयर रनिङ गोल्डकप प्रतियोगिता अन्तरगत विभिन्न प्रतियोगितात्मक कार्यक्रमहरुको आयोजना गरिएको थियो।

कार्यक्रम अन्तरगत खुल्ला एकल नृत्य, पन्चेबाजा, सरायँनाच प्रर्दशन, सोलोबाईक रेस प्रतियोथिता सम्पन्र्न भैसकेको छ। आज भएकोे खुल्ला सामुहिक नित्य प्रतियोगितामा ५ टिमको सहभागिता रहेको थियो। अहिले प्रतियोगिता सकिएको र नतिजा आउन बाकी रहेको जनाईएको छ।

सिंचाई
Forest
Ad.

बिहिबार बाट सुरु भएको पुरुष भलिवल प्रतियोगितामा ११ टिमको सहभागिता रहेको थियो। जस अनुसार आज भएको म्याचमा. पुरुष तर्फको सेमिफाईनल खेल गलकोेट नगरपालिका ए र ढोरपाटन ए बिच भएको थियो जसमा ढोरपाटन ए, गलकोट बि र निसीखोला ए बिचको खेलमा गलकोट बि फाईनल प्रवेश गरेका छन्।

यस्तै आज भएको महिला तर्फको सेमिफाईनल खेलमा तमानखोला ए र ढोरपाटन बि बिचको खेलमा तमानखोला ए र तमानखोला बि र ढोरपाटन ए बिचको खेलमा तमानखेला बि फाईनल प्रवेश गरेका छन्।

बाँकी रहेका प्रतियोगिता सगैँ फाईनल खेल भोली नै हुने जनाईएको छ। हरेक दिनको साझँ विभिन्न कलाकारको प्रस्तुति सगैँ सास्कृतिक कार्यक्रम हुने आयोजकको भनाई छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

Awareness by SKF

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया