Clean Water Campaign

Awareness Campaign

गुल्मीमा खोलाले बगाएको जीप यस्तो अवस्थामा भेटियो



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Awareness

Place for ads

विष्णु प्रसाद आचार्य ‘चकित’, गुल्मी: जिल्लाको सत्यवति गाउँपालिकाको खैरेनी-रुद्रावेणी सडकखण्डमा खोलाले बगाएको जिप ८०० मिटरको दुरीमा भेटिएको खोजी कार्यमा संलग्न ज्ञानहरि सापकोटाले जानकारी दिनुभएको छ।

जीप क्षतविक्षत अवस्थामा भेटिएको सापकोटाले बताउनुभयो। खोज्ने क्रममा बुधबार दिउँसो करिब ४ बजेको समयमा भेटिएको बताइएको छ। खोजी कार्यमा प्रहरी लगायत गुल्मी जीप व्यवसायी समितिका रुपकलाल श्रेष्ठसंगै अन्य सदस्यहरुको साथमा स्थानीय सरोकारवालाहरु, समाजसेवीहरुको उपस्थिति रहेको थियो।

यो पनि हेर्नुहोस्: गुल्मीमा जिप खोलाले बगायो, खोजीकार्य जारी (भिडियो सहित)

सिंचाई
Forest
Ad.

माथिबाट आएको डहरे खोलाले उक्त जिप बगाएको हो। बुटवल देखि भुवाचिदीको लागि छुटेको लु १ ज ३४३२ नम्बरको बालेरो जिप खोलाले बगाएको र खोजीको क्रममा भेटिएको इलाका प्रहरी कार्यालय जोहाङ्ग गुल्मीले जनाएको छ।

उक्त जिपमा चालक सहित ९ जना यात्रुहरु रहेका थिए। जिप खोला नजिक दलदलमा फसेको र यात्रु र चालक झरिसकेपछि माथिबाट आएको लेदो सहितको पानीले उक्त जिप बगाएको प्रहरीको भनाइ छ।

जिपमा सवार सबै यात्रु सुरक्षित रहेपनि उनिहरुको सबै समानहरु भने गाडिसंगै बगेको छ। यस अघिको वर्षातको समयमा पनि उक्त खोलाले माल बाहक ट्रक पनि बगाएको थियो।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

Awareness by SKF

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया