Awareness

गुल्मीदरबार गाउँपालिकामा पोषण प्याकेज सम्बन्धी तालिमको शुभारम्भ



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Place for ads

रामकृष्ण कंडेल, गुल्मी: गुल्मीदरबार गाउँपालिकामा स्वास्थ्यकर्मीहरुको लागि बृहत पोषण प्याकेज सम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिम बुधवार शुभारम्भ भएको छ।

यो तालिम सम्पन्न भएसङ्गै सबै स्वास्थ्य संस्थाहरुमा पोषण सम्बन्धी तालिम सन्चालन गर्न प्रशिक्षकहरु तयार हुने र तालिम प्राप्त प्रशिक्षकहरुले सबै वडामा रहेका महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुको लागि तालिम सन्चालन गर्नेछन।

सबै महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुले यो तालिम पाइसकेपछि स्वास्थ्य आमा समूहमा पोषण शिक्षा प्रवाह गरेर घरघरमा व्यवहार परिवर्तन गराउन विविध कार्यक्रम सन्चालन गर्नुका साथै स्वास्थ्य संस्थाहरुमा मध्यम सिघ्र कुपोषणको उपचार र कडा सिघ्र कुपोषणको उपचार प्रेषण तथा सल्लाहको लागि व्यवस्थापन मिलाइने स्वास्थ्य शाखा प्रमुख नारायण प्रसाद अर्यालले बताए।

७ दिने तालिमको पहिलो दिन बुधवार एक औपचारिक कार्यक्रमको बिचमा समुद्घाटन गरिएको छ। उक्त समुद्घाटन कार्यक्रममा प्रमुख अतिथि स्वास्थ्य कार्यालय गुल्मीका प्रमुख पशुपति आचार्यले गुल्मीदरबार गाउँपालिका स्वास्थ्य क्षेत्रमा जिल्ला मै नविनतम कार्यक्रम गर्दै आइरहेको र आगामी एक बर्ष भित्र गुल्मीदरबार गाउँपालिका पोषणमैत्री गाउँपालिका हुनेमा आशावादी भएको बताए।

कार्यक्रमका अध्यक्ष एवम् गुल्मीदरबार गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत लक्ष्मण पाण्डेले तालिमबाट स्वास्थ्यकर्मीहरुको क्षमता अभिवृद्धि गर्नुका साथै स्वास्थ्यकर्मीहरुले समुदाय स्तरमा चेतनामुलक कार्यक्रमहरु सन्चालन हुने र समग्रमा गाउँपालिकाका सम्पूर्ण नागरिकको पोषणको स्थितिमा उल्लेखनीय सुधार हुने अपेक्षा सहित तालिमको सफलताको शुभकामना दिएका थिए।

सुआहारा गुल्मीका प्रमुख लिलबहादुर नेपाली, गुल्मीदरबार गाउँपालिका वडा नं  २ का वडा अध्यक्ष हरिहर गौतम, एकीकृत ग्रामिण विकास समाज गुल्मीका सुआहारा फिल्ड संयोजक राजेन्द्र विश्वकर्मा लगायतको आतिथ्यता रहेको थियो।

स्वास्थ्य संस्थाको सेवा प्रवाहलाई मध्यनजर गर्दै दुइ चरणमा सन्चालन गरिने तालिम गुल्मीदरबार गाउँपालिकाका सम्पूर्ण स्वास्थ्यकर्मीहरुलाई प्रदान गरिने स्वास्थ्य अधिकृत अर्यालले बताए।

Awareness by SKF

गाउँपालिकाको सभाहलमा सन्चालन भैरहेको तालिम पहिलो चरण कात्तिक ३ गतेदेखि ९ गतेसम्म र दोश्रो चरणको तालिम कार्तिक २३ गतेदेखि २९ गतेसम्म चल्ने स्वास्थ्य शाखाले जनाएको छ।

स्वास्थ्य शाखामा कार्यरत स्टाफ नर्स एलिना खड्काको स्वागत मन्तव्य रहेको कार्यक्रमको सहजिकरण र सन्चालन स्वास्थ्य अधिकृत नारायणप्रसाद अर्यालले गरेका थिए।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया