Hi-Speed Computer

Awareness Campaign

मुसिकोट नगरपालिकामा कार्तिक ५ र ६ गते कोभिड विरुद्धको खोप लगाइने



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Awareness

Place for ads

भुवन काफ्ले, गुल्मी: गुल्मीको मुसिकोट नगरपालिकामा कोभिड विरुद्धको भेरोसिल खोप अभियानको दोस्रो चरण मिति २०७८ कार्तिक ५ र ६ गते संचालन हुने भएको छ।

कोभिड विरुद्धको भेरोसिल खोप अभियान अन्तर्गत मिति २०७८ असोज ७ र ८ गते पहिलो मात्रा खोप लगाएका १८ बर्ष उमेर पुरा भएका कक्षा ११, १२ र क्याम्पसका विद्यार्थी तथा ५० बर्ष भन्दा माथिका सबैको दोस्रो चरणको खोप कार्तिक ५ र ६ गते पहिलो मात्रा लगाएकै खोप केन्द्रमा संचालन हुने भएको छ।

१८ बर्ष उमेर पुरा भएका कक्षा ११, १२ र क्याम्पसका विद्यार्थीहरु तथा ५० बर्ष भन्दा माथिका तर मिति २०७८ आश्विन ७ र ८ गते खोप लगाउन छुटेकाहरुले पहिलो मात्रा खोप लगाउन सक्ने भएकाले आफ्नो नजिकको खोप केन्द्रमा गइ खोप लगाउन सम्पूर्ण मुसिकोटवासीलाई मुसिकोट नगरपालिका स्वास्थ्य शाखाले अनुरोध गरेको छ।

Forest
Forest
Ad.

खोप लगाउन आउदा अघिल्लो पटक खोप लगाउदा खोप केन्द्रबाट प्राप्त भएको खोप कार्ड अनिवार्य ल्याउनु पर्ने छ भने पहिलो चरणमा खोप छुटेकाहरुको हकमा भने आफ्नो उमेर खुल्ने परिचय पत्र अनिवार्य ल्याउनु पर्नेछ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया