Awareness Campaign

वामी-विश्व सम्पर्क मञ्चद्वारा निर्मित ‘प्रकृतिले दिएको वामी’ वृत्तचित्र गीत सार्वजनिक



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Place for ads

जीवनको उत्तरार्द्ध सम्म पनि सिर्जनामै तल्लिन हुने वरिष्ठ लोकगायक बम बहादुर कार्कीको प्रतिवद्धता

कमल पौडेल, गुल्मी: वामी-विश्व सम्पर्क मञ्च परिवारद्वारा प्रस्तुत डकुमेन्ट्री गीत ‘प्रकृतिले दिएको वामी’ सार्वजनिक गरिएको छ। आइतबार साँझ जुम मार्फत भएको विमोजन कार्यक्रमबाट सो गीत सार्वजनिक गरिएको हो।

वामी क्षेत्रलाई केन्द्रमा राखेर पहिलो पटक निर्माण गरिएको वृत्तचित्र सहितको गीतको विमोचन गर्दै वरिष्ठ लोकगायक बम बहादुर कार्कीले लोकगीत समाज सँग जोडिएको हुने बताउनु भएको छ।

सार्वजनिक गरिएको वृत्तचित्रमा कुनै खोटको ठाउँ नभएको भन्दै, शब्द, संगीत, स्वर, लय सबै उत्कृष्ट रहेको र गीतबाट आफु सहित धेरैले सिक्ने बताउनु भएको छ। गायक कार्कीले प्रकृति र संस्कृतिलाई जोड्दै देशकै वृत्तिचित्र बनाउनु पर्ने आवश्यकता औंल्याउनु जीवनको उत्तरार्द्ध सम्म पनि सिर्जनामा तल्लिन हुने प्रतिवद्धता समेत व्यक्त गर्नुभएको छ।

Forest
Forest
Ad.

गुल्मीको पहिचान दिन व्यक्तिगत रुपमा लागि परेपनि संस्थागत प्रयास सुरु गर्नुपर्ने आवश्यकता महसुस भएको गायक कार्कीले बताउनु भएको छ। कार्यक्रममा लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य खड्क बहादुर केसीले वामीले धेरै कलाकर्मी, संस्कृतिकर्मीहरुको जन्मदिएको भन्दै गीत संग सम्बन्धित सबैलाई धन्यवाद व्यक्त गर्नुभएको छ।

वामी बहुजाति, बहुसांस्कृतिक विविधता युक्त समुदाय भएको भन्दै सबै समुदायका संस्कृतिहरु जगेर्ना गर्न निरन्तर लाग्न र कलाकर्मीहरुलाई नथाक्न आग्रह गर्नुभएको छ। त्यस्तै मुसिकोट नगरपालिकाका मेयर सोमनाथ सापकोटाले ‘प्रकृतिले दिएको वामी’ भन्ने डकुमेन्ट्री गीतले जन्मथलोको भौगोलिक, सांस्कृतिक र प्राकृतिक पक्षलाई उजागर गरेको र वामीवासीलाई गर्वबोध भएको बताउनु भएको छ। मेयर सापकोटाले सो गीत पाठ्यसामग्री समेत हुन सक्ने भन्दै मुसिकोट नगरपालिका स्थापना भएकोले सिंगो नगरपालिकाको पहिचान बोक्ने सामग्री आवश्यकता रहेको बताउनु भएको छ।

कार्यक्रममा वामी विश्व सम्पर्क मञ्चका संस्थापक अध्यक्ष प्रा.डा. तारा प्रसाद सापकोटा, प्रा.डा. ज्ञान बहादुर थापा, प्रा.डा. जिवलाल सापकोटा, स्रष्टा रामचन्द्र चन्द, रिता केसी लगायतले शुभकामना मन्तव्य व्यक्त गर्दै वामीको संस्कृति उजागर गर्न गीत महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभएको थियो।

विमोचन कार्यक्रम वामी विश्व सम्पर्क मञ्चका अध्यक्ष प्रा.डा. इश्वरी पाण्डेको अध्यक्षता, नौमति सांस्कृतिक समितिका संयोजक बैकुण्ठ रायमाझीको स्वागत मन्तव्य, प्रवक्ता हेमनाथ खरालको धन्यवाद मन्तव्य तथा वामी विश्व सम्पर्क मञ्चका महासचिव रोमकान्त सापकोटाको सञ्चालनमा सम्पन्न भएको थियो।

Awareness by SKF

गुल्मीको मुसिकोट नगरपालिकाको वडा नं. ७ र ८ मा पर्ने साविक वामी गाविसलाई पूर्ण रुपमा समेटिएको सो गीतमा वामीको ऐतिहासिक, सामाजिक तथा साँस्कृतिक विविधतालाई झल्काइएको छ। स्वर्गिय बिजु बज्रको संगीत, तिलक बस्नेत र रिता केसीको स्वरमा रहेको सो गीतमा विष्णु सापकोटा र बैकुण्ठ रायमाझीले शब्द सिर्जना गर्नुभएको हो।

सिम्रन बज्राचार्य, बैकुण्ठ रायमाझी च, विवेक काफ्लेको अभिनय रहेको सो गीतको भिडियोमा इशिका तिवारी, सुगम तिवारी, विनिशा बौद्धाचार्य, निलिशा जिसि लगायतका बाल कलाकारहरुको पनि प्रस्तुती रहेको छ। रविलाल पौडेलको निर्देशन, देविराम घिमिरेको छायांकन रहेको सो म्युजिक भिडियोको सम्पादन दिपक श्रेष्ठ र रामचन्द्र चन्दले गर्नुभएको छ।

सिंगो वामी क्षेत्रको पहिचानको रुपमा प्रस्तुत गरिएको सो वृत्तचित्र गीत सेरोफेरो नेपाल नामक युट्युब च्यानलमा हेर्न सकिन्छ।

भिडियो हेर्नुहोस्:

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया