Hi-Speed Computer

Awareness Campaign

दशैं पछिको पहिलो आइपीओ कहिले आउछ त?



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Awareness

Place for ads

काठमाडौं: असोज महिनामा धमाधम आइपीओ निष्कासन भएको क्रम कार्तिकमा पनि जारी रहने भएको छ।

कार्तिक महिनाको पहिलो साता नै नयाँ आइपीओ निष्कासन हुने भएको छ। सामलिङ्ग पावर कम्पनी लिमिटेडले आगामी कात्तिक ४ गतेदेखि ७.३ करोड रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्ने भएको छ।

कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका ७ लाख ३० हजार कित्ता आईपीओ निष्कासन गर्ने भएको हो। कुल कित्तामध्ये २ प्रतिशत अर्थात १४ हजार ६०० कित्ता सेयर कर्मचारीका लागि र ५ प्रतिशत अर्थात ३६ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। बाँकी ६ लाख ७८ हजार ९०० कित्तामा सर्वसाधारणले आवेदन दिन पाउनेछन्।

Forest
Forest
Ad.

यो आईपीओमा न्यूनतम १० कित्ता र अधिकतममा २० हजार कित्ता सेयर खरिदका लागि आवेदन दिनुपर्नेछ। आईपीओको निष्कासन बन्द छिटोमा कात्तिक ८ गते र ढिलोमा कात्तिक १८ गते बैंकिङ समयपछि बन्द हुनेछ।

लगानीकर्ताले मेरो सेयरका साथै नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि-आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।

कम्पनीको धितोपत्र बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ। आर्थिक सन्देश डटकममा यो खबर छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

Awareness by SKF

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया