काठमाडौं: असोज महिनामा धमाधम आइपीओ निष्कासन भएको क्रम कार्तिकमा पनि जारी रहने भएको छ।
कार्तिक महिनाको पहिलो साता नै नयाँ आइपीओ निष्कासन हुने भएको छ। सामलिङ्ग पावर कम्पनी लिमिटेडले आगामी कात्तिक ४ गतेदेखि ७.३ करोड रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्ने भएको छ।
कम्पनीले प्रतिकित्ता १०० अंकित मूल्यका ७ लाख ३० हजार कित्ता आईपीओ निष्कासन गर्ने भएको हो। कुल कित्तामध्ये २ प्रतिशत अर्थात १४ हजार ६०० कित्ता सेयर कर्मचारीका लागि र ५ प्रतिशत अर्थात ३६ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। बाँकी ६ लाख ७८ हजार ९०० कित्तामा सर्वसाधारणले आवेदन दिन पाउनेछन्।
यो आईपीओमा न्यूनतम १० कित्ता र अधिकतममा २० हजार कित्ता सेयर खरिदका लागि आवेदन दिनुपर्नेछ। आईपीओको निष्कासन बन्द छिटोमा कात्तिक ८ गते र ढिलोमा कात्तिक १८ गते बैंकिङ समयपछि बन्द हुनेछ।
लगानीकर्ताले मेरो सेयरका साथै नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि-आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।
कम्पनीको धितोपत्र बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ। आर्थिक सन्देश डटकममा यो खबर छ।
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |








