Clean Water Campaign

Awareness Campaign

भोलि देखि भिषण वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Awareness

Place for ads

काठमाडौँ: जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आगामी बुधबारदेखि मनसुन थप सक्रिय हुने प्रक्षेपण गरेको छ। देशको पूर्वी तथा मध्यभागमा बुधबारदेखि मनसुनी गतिविधि बढ्ने विभागले जनाएको छ।

विभागका वरिष्ठ मौसमविद् मीनकुमार अर्यालले अहिले अलि-अलि मात्र सक्रिय मनसुन आगामी बुधबार मध्याह्नदेखि देशको पूर्वी तथा मध्य भूभागहरूमा सक्रिय भएर वर्षा हुने सम्भावना देखिएको बताए। उनका अनुसार अब सक्रिय हुने मनसुनले प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका अधिकांश भागमा भारी वर्षा गराउन सक्छ। यी क्षेत्रमा बाढी र पहिरोको सम्भावना रहेकाले त्यहीअनुरूप पूर्वतयारी गर्न पनि विभागले आग्रह गरेको छ।

अहिले देशभर सामान्यदेखि पूर्ण बदली भइरहेको छ। प्रदेश १ र गण्डकी प्रदेशका थोरै स्थानमा भने पानी परिरहेको जनाइएको छ।

सिंचाई
Forest
Ad.
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया