Clean Water Campaign

Awareness Campaign

खरका छाना विस्थापन कार्यक्रममा पक्की घरवालाको रजाइँ



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Awareness

Place for ads

– तिलाचन पान्डे

गुल्मी: गुल्मीदरबार गाउँपालिकाको वडा नम्बर एक बलिथुममा आरसीसी र टिनले छाएका घरहरुले खरका छाना विस्थापन गर्ने जस्तापाताको रजाइँ गरेको रहस्य खुलेको छ।

खरका छाना विस्थापन गरी जस्तापाता लगाउने कार्यक्रम भए पनि आरसिसी र पहिल्यै जस्तापाताले छाएका घरवालाहरुले जस्तापातामा रजाइँ गरेका हुन्।

Forest
Forest
Ad.

ओमबहादुर कामीको घर पहिल्यै जस्तापाताले छाएको छ तर उनले खरका छाना विस्थापित गर्ने कार्यक्रमको जस्तापाता लिए। यस्तै बालकुमारी मास्कोटी, यमबहादुर बुढाथोकी, अमरबहादुर मास्कोटीको सुरक्षित आवास अन्तर्गत ५० हजार रुपैयाँ पाउने नाममा सुचिकृत भई वडामा सम्झौता भएको छ। उनीहरुले पनि जस्तापाता लिएको नाम नबताउने शर्तमा एक स्थानीय नेताले जानकारी दिए।

यस्तै मनरुपा रजालीको आरसीसी र ढुंगाले छाएको घर छ, उनले पनि जस्तापाता लिएको खुलेको छ। महेन्द्र कामीको टिनले छाएको र दिलकुमारी रेश्मी मगरको ढुंगाले छाएको घर भएपनि उनीहरुले खरका छाना विस्थापन अन्तर्गतको जस्तापाता लिएका छन्।

वडाअध्यक्ष अनभिज्ञ

यता जस्तापाता वितरणको बारेमा आफू अनभिज्ञ भएको वडा अध्यक्ष रामबहादुर पल्लीले बताए। कार्यपालिकाको बैठकमा सामान्य छलफल भएको पनि आधिकारिक केही निर्णय पनि नभएको उनको भनाई छ।

Awareness by SKF

आरसीसी घर भएका र पहिल्यै जस्तापाताले छाएको घरलाई पनि गाउँपालिकाले जस्तापाता दिदाँ समस्या भएको उनको दावी छ।

पालिकामा झुटा विवरण पेश गरी जस्तापाता लिनेबाट जस्तापाता फिर्ता गराउने र आवश्यक कारवाही गर्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले जानकारी दिए।

उनीहरुले आफूहरुको खरले छाएको घर भएको भन्दै गाउँपालिकामा जस्तापाता मागका लागि निवेदन दिएका थिए।

यता गाउँपालिकाकी उपाध्यक्ष मीना भण्डारीले वडाबाट नपाएको भन्दै गाउँपालिकामा पटक-पटक आएपछि जस्तापाता दिएको बताइन्। जस्तापाताको दुरुपयोग भएको पाइएमा आवश्यक कारवाही गरेरै छाड्ने उनले दावी गरिन्।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया