Clean Water Campaign

Awareness Campaign

स्व. सभापतिको सम्मानमा काङ्ग्रेस मुसिकोटले ७ दिन सम्म आधा झन्डा झुकाउने



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Awareness

Place for ads

– विवेक काफ्ले

गुल्मी: पार्टी सभापतिको असमायिक निधन भएपछि स्तब्ध नेपाली काँग्रेस, मुसिकोट नगर समितिले ७ दिन सम्म पार्टीको झन्डा आधा झुकाउने निर्णय गरेको छ।

हिजो सम्पन्न नगर समितिको बैठकले उक्त निर्णय गरेको हो। नेपाली काङ्ग्रेसका नगर सभापती स्व. सुदर्शन शाक्य प्रति श्रद्धाञ्जली व्यक्त गर्दै स्व. सभापतिले पार्टीलाई पुर्याएको योगदानलाई सम्मान गर्दै नेपाली काङ्ग्रेस मुसिकोट नगर समितिको कार्यालय र नगरका सबै वडा कार्यालयमा ७ दिनसम्म पार्टीको झण्डा आधा झुकाइने बताइएको छ।

सिंचाई
Forest
Ad.

नगर सचिव मोहन घिमिरेको अध्यक्षतामा बसेको नगर समितिको बैठकले १५ दिन सम्म पार्टीको नगर कार्यालय र सबै वडा कार्यालयमा शोकपुस्तिका राख्ने निर्णय पनि गरेको छ।

यो पनि हेर्नुहोस्: रहेनन् गुल्मीको वामीटक्सारका समाजसेवी शाक्य

बैठकले शाक्यको निधनले पार्टी मात्र नभएर सिंगो नगरवासीलाई अपूरणिय क्षति भएको समेत निष्कर्ष निकालेको छ। उक्त बैठकले नगर उपसभापति वेग प्रसाद शाक्यलाई कार्यवाहक सभापतिमा चयन गरेको नगर सचिव मोहन घिमिरेले हामीलाई जानकारी दिनुभएको छ।

नेपाली काङ्ग्रेस मुसिकोट नगर समितिले सूचना जारी गर्दै स्व. सभापति सुदर्शन शाक्यको निवासमा पाँचौँ दिनको पुण्य तिथिमा आज बिहान ११:३० बजे श्रद्धाञ्जली सभाको आयोजना गरिएकोले सबै नेता कार्यकर्तालाई उपस्थितिका लागि अनुरोध गरिएको छ। शाक्यको गत असार ९ गते बुटवलमा उपचारको क्रममा निधन भएको थियो।

Awareness by SKF

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया