Hi-Speed Computer

Awareness Campaign

यसरी डाउनलोड गर्न सकिन्छ विण्डोज ११ को प्रारम्भिक भर्सन



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Awareness

Place for ads

काठमाडौँ: विभिन्न नयाँ फिचर सहित भर्खरै विण्डोज ११ को घोषणा भएको छ। यदि तपाईं विण्डोज प्रयोगकर्ता हो भने पक्कै पनि यसलाई प्रयोग गर्ने हुटहुटी तपाईंमा पनि हुनसक्छ।

यदि तपाईं नयाँ विण्डोजको सक्कली भर्सन इन्स्टल गर्न चाहनुहुन्छ भने माइक्रोसफ्टले आफ्नो विण्डोज इन्साइडर प्रोग्राम मार्फत अर्को हप्तादेखि त्यसलाई शेयर गर्ने बताएको छ। यदि तपाईं विण्डोजको प्रारम्भिक भर्सनमा खेल्न चाहनुहुन्छ भने यहाँ क्लिक गरी विण्डोज इन्साइडर प्रोग्राममा जोडिन सक्नुहुन्छ।

तर एउटा कुरा यहाँनिर के ख्याल राख्नुपर्छ भने विण्डोजको प्रारम्भिक भर्सन आफूले दैनिक रुपमा काम गर्ने कम्प्युटरमा भने नराख्नुहोस्। लिङ्कमा क्लिक गरिसकेपछि रजिस्टर बटनमा दबाउनुहोस् र आफ्नो माइक्रोसफ्ट अकाउन्टबाट साइन ईन गर्नुहोस्।

Forest
Forest
Ad.

विण्डोज डटकममा गएर वा यहाँ क्लिक गरी पीसी हेल्थ चेक एप डाउनलोड गरी तपाईंको अहिलेको विण्डोज १० कम्प्युटर विण्डोज ११ मा निःशुल्क रुपमा अपग्रेड गर्न सकिन्छ वा सकिँदैन भनेर हेर्न सक्नुहुन्छ।

यद्यपी तपाईंलाई ‘You can’t install Windows 11’ भनिएको छ भने तपाईंले बीआईओएस चेक गर्नुपर्ने हुनसक्छ। तर यदि तपाईं पर्खिन चाहनुहुन्छ भने माइक्रोसफ्टले योग्य विण्डोज १० मा आउँदो क्रिशमस देखि विण्डोज ११ को निःशुल्क अपग्रेड रोलआउट हुने बताएको छ। जुन २०२२ सम्म जारी रहनेछ।

विन्डोज ११ मा एन्ड्रोइड एप बाहिरी सफ्टवेयरको प्रयोग बिना इन्स्टल र प्रयोग गर्न सकिन्छ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

Awareness by SKF

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया