Place for ads

Awareness

यस्तो छ मुसिकोट नगरपालिकाको बजेट (पूर्ण पाठ सहित)



ओझेलका खबर संवाददाता
३ वर्ष अगाडि


Place for ads

सभाध्यक्ष महोदय,

नगरसभाका सदस्यहरु,

Get Vaccinated

र उपस्थित महानुभावहरु,

(१) संविधान बमोजिम संघिय लोकतान्त्रिक गणतन्त्र नेपालको तीन तहका सरकारहरु मध्ये स्थानीय सरकार, यस मुसिकोट नगरपालिकाको उपप्रमुखको हैसियतले अहिलेको कोरोना विशेष परिस्थितिमा संघिय गणतन्त्र स्थापना पछि स्थानिय सरकारको हामीले जिम्मेवारी सम्हाले पछिको पांचौ र आर्थिक वर्ष २०७८/०७९ को आय-व्यय विवरण (बजेट) प्रस्तुत गर्न उपस्थित भएकी छु।

(२) नगरपालिकाको निमन्त्रणालाई स्वीकार गरी यस गरिमामय सभामा उपस्थित सम्पूर्ण महानुभावहरुलाई मुसिकोट नगरपालिका र मेरो व्यक्तिगत तर्फबाट हार्दिक स्वागत गर्न चाहन्छु, साथै उप-प्रमुखको हैसियतले आ.व. ०७८।०७९ को बजेट यस सम्मानित सभा समक्ष प्रस्तुत गर्न पाउँदा गौरवान्वित महसुस गरेकी छु।

(३) राष्ट्रहित, लोकतन्त्र र अग्रगामी परिवर्तनको लागि मुलुकमा राजनैतिक, सामाजिक, आर्थिक एवम् सांस्कृतिक विकास सहितको समृद्घ र समुन्नत विकास गर्न, आफ्नो शासन आफै वा आफ्नो प्रतिनिधि मार्फत गराई गणतन्त्रलाई संस्थागत गर्न र अग्रगामी परिवर्तनका लागि आफ्नो जीवन उत्सर्ग गर्नु हुने ज्ञात अज्ञात शहिदहरु प्रति भावपूर्ण श्रद्घान्जली अर्पण गर्न चाहन्छु ।

Awareness by SKF

(४) नयाँ भेरियन्ट सहितको कोरोना भाइरसको कारण परिस्थिति प्रतिकुल भएकोले विगतका वर्षहरुमा जस्तो सबै पक्षहरुको नीति, कार्यक्रम र बजेट तर्जुमामा उल्लेख्य सहभागिता गराउन सकिएन। प्रतिनिधिमूलक ढंगबाट समावेश भएका विषयवस्तुहरु पूर्णताको नजिक छन् भन्ने मेरो विश्वास छ। कोभिडका कारण ७ जना मुसिकोटवासी महानुभावहरुले अकालमा ज्यान गुमाउनु परेको छ। उहाँहरु प्रति भावपूर्ण श्रद्धान्जली अर्पण गर्दै कोभिड प्रभावित अन्य मुसिकोटवासी दाजुभाई तथा दिदी बहिनीहरुको सिघ्र स्वास्थ्य लाभको कामना गर्दछु र सम्पूर्ण महानुभावहरुमा कोभिड संग लड्ने शक्ति प्राप्त होस भन्ने अपेक्षा राख्दछु।

क्रमशः…

बजेटको पूर्णपाठ पिडिएफ डाउनलोड गरेर पढ्नका लागि यहाँ क्लिक/ट्याप गर्नुहोस्।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया