झापा । गरिबीका कारण बाल्यकालमै पढाइ छाड्न बाध्य भएका मेचीनगर–१४, प्रगति टोलका २५ वर्षीय विवेक खवासको वैदेशिक रोजगारीका क्रममा दुबईमा सवारीसाधनमा लागेको आगलागीमा परी मृत्यु भएको छ।
सानै उमेरदेखि परिवारको आर्थिक अवस्था सुधार्ने जिम्मेवारी बोकेका विवेकको जीवनयात्रा मजदुरबाट चालकसम्म पुगेको थियो। तर परिवारको जीवन बदल्ने सपना बोकेर विदेश पुगेका उनको सपना भने अधुरै रह्यो।
बाल्यकालमै पढाइ छाडेर मजदुरी
विवेकले मेचीनगर–१० स्थित महानन्द प्राथमिक विद्यालयमा कक्षा ४ सम्म अध्ययन गरेका थिए। त्यसपछि कक्षा ५ मा भर्ना हुन मेचीनगर–११ स्थित बलभद्र जनता माध्यमिक विद्यालय पुगे पनि आर्थिक अभाव र पढाइमा कठिनाइका कारण विद्यालय जान छाड्नुपरेको उनकी आमा दलोदेविका खवासले बताएकी छन्। संघर्ष गरेर बिदेश उडे सपना देख्दै तर घर आउनै लागेको बेला सवारीसाधनमा भएको आगलागीले उनको जीवन नै समाप्त गरिदियो।
घटनापछि दुबई प्रहरीले शव परीक्षणलगायत आवश्यक कानुनी प्रक्रिया अघि बढाएको समाचारमा उल्लेख छ। नेपालमा रहेका परिवारले विवेकको शव स्वदेश ल्याइदिन आग्रह गरेका छन्।
विवेकको मृत्यु दुर्घटना मात्रै कि थप अनुसन्धान आवश्यक ?
विवेकको निधनले परिवारलाई शोकमा डुबाउनुका साथै घटनाको प्रकृतिबारे अनेक प्रश्नसमेत जन्माएको छ।
उनले नियमित रूपमा चलाउँदै आएको सवारीसाधनमा कसरी आगलागी भयो र आगो यति भयावह कसरी बन्यो भन्ने विषय परिवारका लागि अझै रहस्यको बिषय बनेको छ।
सवारीसाधनका झ्यालमा सिसा हुँदाहुँदै पनि आगलागी हुँदा विवेक बाहिर निस्कन किन सकेनन्? आपत्कालीन अवस्थामा सिसा फुटाएर बाहिर निस्कने सम्भावना थियो कि थिएन? उनी गाडीभित्रै जलेर मृत्यु हुने अवस्था कसरी आयो? परिवारले यस्ता प्रश्न उठाएको छ।
परिवारले दुबई प्रहरीसँग घटनाको निष्पक्ष र गहिरो अनुसन्धान गर्न माग गरेको छ। आगलागीको कारण, सवारीसाधनको प्राविधिक अवस्था, सम्भावित लापरबाही तथा घटनाका बेला चालकलाई उद्धारको अवसर नपुगेको अवस्थाबारे अनुसन्धानबाट सत्यतथ्य सार्वजनिक हुने उनीहरूको अपेक्षा छ।
त्यसैगरी घटनाको वास्तविकता सार्वजनिक गरी कानुनअनुसार बीमा, क्षतिपूर्ति तथा अन्य राहत उपलब्ध गराउन सम्बन्धित कम्पनी र निकायले पहल गर्नुपर्ने परिवारको माग छ।
९ लाख ऋणको भारी परिबारको सपना !
“विवेककी श्रीमती रेणुका चौधरी खवासले अनुगमन डटकमसँग कुरा गर्दै परिवारमाथि करिब नौ लाख रुपैयाँ ऋण रहेको र विवेकले भिसा सकिन २२ दिन बाँकी रहँदा घर फर्किने तयारी गरिरहेको बताएकी छन्।” उनको भनाईले ऋणको भारी माथी परिबारले देखिरहेको सपना नियतिले चुडेको छ ।
……
स्रोत : अनुगमन डटकम, १२ नोभेम्बर २०२६ (२६ कात्तिक २०८३) मा प्रकाशित विवेक खवाससम्बन्धी विस्तृत रिपोर्ट।
……..
सम्पादन : ओझेलका खबर — खबर भित्रको खबर
पोष्ट मिति: ०८३ । कार्तिक २८ गते
समय ; बेलुका ६. २० बजे
…..
सन्तुलित आलोचना, रचनात्मक सुझाव र मार्गदर्शनमूलक टिप्पणीलाई स्वागत छ। गालीगलौज तथा अमर्यादित टिप्पणी नगरौँ।
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |









