Smoking Causes Cancer

बागलुङमा अवैध रूपमा स्लेट ढुङ्गा ओसारपसार गर्ने दुई ट्रक प्रहरी नियन्त्रणमा



ओझेलका खबर
६ घण्टा अगाडि


Place for ads

बागलुङ । बागलुङमा अवैध रूपमा ठूलो परिमाणमा स्लेट ढुङ्गा ओसारपसारमा संलग्न दुई ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार आज बिहान ( कात्तिक २८ गते ) काठेखोला गाउँपालिका–२, अक्षेते बजारस्थित सडकखण्डमा नियमित सवारीसाधन चेकजाँच गर्ने क्रममा स्लेट ढुङ्गा ओसारपसारमा संलग्न दुई ट्रक फेला परेका हुन्।

प्रहरीले ग २ ख १६६ र ना ६ ख ४३६९ नम्बरका ट्रक नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि बागलुङ नगरपालिकाको कार्यालयमा पठाएको जनाएको छ।

सिंचाई
Forest
Ad.

जिल्ला प्रहरी कार्यालय बागलुङका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक यामनारायण अर्यालद्वारा जारी प्रेस विज्ञप्तिमा उक्त जानकारी दिइएको छ।

तर, स्लेट ढुङ्गा कहाँबाट ल्याइएको थियो, कहाँ लैजाँदै गरिएको थियो, त्यसको परिमाण कति थियो र ओसारपसारका लागि आवश्यक अनुमति तथा राजस्वसम्बन्धी कागजात थिए वा थिएनन् भन्ने विषयमा विज्ञप्तिमा खुलाइएको छैन।

जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी निरीक्षक यामनारायण अर्यालद्वारा जारी प्रेस विज्ञप्तिमा उक्त जानकारी दिइएको छ।

तर, स्लेट ढुङ्गा कहाँबाट ल्याइएको थियो, कहाँ लैजाँदै गरिएको थियो, त्यसको परिमाण कति थियो र ओसारपसारका लागि आवश्यक अनुमति तथा राजस्वसम्बन्धी कागजात थिए वा थिएनन् भन्ने विषयमा विज्ञप्तिमा खुलाइएको छैन।

Awareness by SKF

अवैध उत्खनन तथा ओसारपसारले स्थानीय प्राकृतिक स्रोतको दोहन र राज्यको राजस्वमा पर्ने असरबारे पनि सम्बन्धित निकायले अनुसन्धान गर्नुपर्ने देखिन्छ।
…….
पोस्ट मिति : २०८३ मङ्सिर २८ गते
समय : अपरान्ह १२ बजे
….
ओझेलका खबर — खबर भित्रको खबर
………
सन्तुलित आलोचना, रचनात्मक सुझाव र मार्गदर्शनमूलक टिप्पणीलाई स्वागत छ। गालीगलौज तथा अमर्यादित टिप्पणी नगरौँ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो