Smoking Causes Cancer

रोकी राखेको बोलेरोको पछाडि स्कुटर ठोक्किँदा दुई युवकको मृत्यु



ओझेलका खबर
१ घण्टा अगाडि


Place for ads

 

 

कास्की । कास्कीको पोखरामा रोकी राखेको बोलेरो जिपको पछाडि स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु भएको छ।

सिंचाई
Forest
Ad.

जिल्ला प्रहरी कार्यालयका अनुसार आज दिउँसो  १४:५० बजेको समयमा पोखरा महानगरपालिका–५, जिरो किलोमिटर नजिक लु ३ च ५२७४ नम्बरको रोकी राखेको बोलेरो जिपको पछाडि ग २३ प १७१६ नम्बरको स्कुटर ठोक्किएको थियो।

दुर्घटनामा स्कुटरमा सवार तत्काल नामथर र वतन नखुलेका अन्दाजी २५ वर्षीय र अर्का अन्दाजी २२ वर्षीय पुरुष गम्भीर घाइते भएका थिए। दुवै जनालाई उपचारका लागि अस्पताल लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनापछि दुवै सवारीसाधन र बोलेरो चालकलाईनियन्त्रणमा लिइएको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

……
पोस्ट मिति : २७ कार्तिक  २०८३
समय : १७: ५० बजे

……
ओझेलका खबर — खबर भित्रको खबर

Awareness by SKF

……
सन्तुलित आलोचना, रचनात्मक सुझाव र मार्गदर्शनमूलक टिप्पणीलाई स्वागत छ। गालीगलौज तथा अमर्यादित टिप्पणी नगरौँ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो