Smoking Causes Cancer

कपलिवस्तुमा बसको ठक्करबाट एक बृद्धको मृत्यु, चालक फरार

ओझेलका खबर
४७ मिनेट अगाडि

Place for ads

कपिलवस्तु । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–३ बर्गदामा बसको ठक्करबाट स्थानीय ७७ वर्षीय लखन अहिरको मृत्यु भएको छ।

तौलिहवाबाट बहादुरगञ्जतर्फ जाँदै गरेको लु १ ख ९७२६ नम्बरको बसले हुलाकी सडकमा पैदल हिँडिरहेका अहिरलाई ठक्कर दिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक राजन ढकालले जानकारी दिएका छन्।

दुर्घटनामा गम्भीर घाइते भएका अहिरलाई उपचारका लागि कपिलवस्तु अस्पताल तौलिहवा लगिएको थियो। उपचारका क्रममा अस्पतालले उनलाई मृत घोषणा गरेको थियो।

सिंचाई
Forest
Ad.

पैदलयात्रीलाई ठक्कर दिने बस प्रहरीले नियन्त्रणमा लिएको छ भने बसका चालक फरार रहेको प्रहरीले जनाएको छ।

……
पोस्ट मिति : २३ कार्तिक २०८३, सोमबार
समय : दिउँसो १.१५

…….
ओझेलका खबर — खबर भित्रको खबर

Awareness by SKF

……..
सन्तुलित आलोचना, रचनात्मक सुझाव र मार्गदर्शनमूलक टिप्पणीलाई स्वागत छ। गालीगलौज तथा अमर्यादित टिप्पणी नगरौँ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो