Awareness Campaign

गोरखाको बौद्ध हिमालबाट जडिबुटी टिप्न गएका ४ जनाको उद्धार, एक जनाको मृत्यु



ओझेलका खबर संवाददाता
४ वर्ष अगाडि


Place for ads

पोखरा: जडिबुटी टिप्न गोरखा लमजुङको सीमानामा रहेको बौद्ध हिमाल क्षेत्रको लेक पसेका एकजनाको भीरबाट खसेर मृत्यु भएको छ भने ४ जनाको हेलिकोप्टरबाट उद्धार गरिएको छ।

गएको जेठ २६ गते लेक पसेकामध्ये गोरखा चुमनुब्री गाउँपालिका-३, सिर्दीबासका २४ वर्षीय सुरेन्द्र गुरुङको भीरबाट खसेर मृत्यु भएको सँगैका साथीहरुले बताएका छन। मृतकको शव प्राप्त हुन नसकेको प्रदेश प्रहरी कार्यालय, गण्डकीका प्रहरी उपरीक्षक विनोद सिलवालले जानकारी दिए। बाँकी ४ जनाको भने सोमबार काठमाडौंबाट गएको सिम्रिक एयरको हेलिकोप्टर मार्फत उद्धार गरिएको छ।

Forest
Forest
Ad.

लेकमा पानी परेपछि खतरामा परेकाहरुलाई गोरखाको लाप्राक गाउँमा ल्याइएको उनले जानकारी दिए। गोरखाको बारपाक सुलीचौर गाउँपालिका र लमजुङको सीमानामा पर्ने बौद्ध हिमाल क्षेत्र जडिबुटीको लागि पनि प्रख्यात छ। गाउँलेहरु हरेक वर्ष यही सिजनमा त्यहाँ जडिबुटी टिप्न जाने गर्छन।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबरओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो

तपाईंको प्रतिक्रिया