पोखरा: जडिबुटी टिप्न गोरखा लमजुङको सीमानामा रहेको बौद्ध हिमाल क्षेत्रको लेक पसेका एकजनाको भीरबाट खसेर मृत्यु भएको छ भने ४ जनाको हेलिकोप्टरबाट उद्धार गरिएको छ।
गएको जेठ २६ गते लेक पसेकामध्ये गोरखा चुमनुब्री गाउँपालिका-३, सिर्दीबासका २४ वर्षीय सुरेन्द्र गुरुङको भीरबाट खसेर मृत्यु भएको सँगैका साथीहरुले बताएका छन। मृतकको शव प्राप्त हुन नसकेको प्रदेश प्रहरी कार्यालय, गण्डकीका प्रहरी उपरीक्षक विनोद सिलवालले जानकारी दिए। बाँकी ४ जनाको भने सोमबार काठमाडौंबाट गएको सिम्रिक एयरको हेलिकोप्टर मार्फत उद्धार गरिएको छ।
लेकमा पानी परेपछि खतरामा परेकाहरुलाई गोरखाको लाप्राक गाउँमा ल्याइएको उनले जानकारी दिए। गोरखाको बारपाक सुलीचौर गाउँपालिका र लमजुङको सीमानामा पर्ने बौद्ध हिमाल क्षेत्र जडिबुटीको लागि पनि प्रख्यात छ। गाउँलेहरु हरेक वर्ष यही सिजनमा त्यहाँ जडिबुटी टिप्न जाने गर्छन।
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |








