Smoking Causes Cancer

बोकाको विवादमा कुटपिट गर्ने दुई गुल्मेली रूपन्देही प्रहरीको नियन्त्रणमा



ओझेलका खबर
१० घण्टा अगाडि


Place for ads

बुटवल ।रूपन्देही प्रहरीले घटनाबारे थप अनुसन्धान गर्दै।
रूपन्देही। गुल्मीबाट ल्याइएको बोकाको भाडा विवादलाई लिएर यात्रुमाथि सार्वजनिक स्थानमै कुटपिट गर्ने दुई जना गुल्मेलीलाई रूपन्देही प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय रूपन्देहीका अनुसार गत २०८३ कात्तिक १७ गते बुटवल उपमहानगरपालिका–९ स्थित नयाँ बसपार्कमा गुल्मीबाट आएको लु २ ख ५९३० नम्बरको गाडीका कर्मचारी र सेवाग्राहीबीच बोकाको भाडाका विषयमा विवाद भएको थियो।

सोही क्रममा गाडीका चालक र सहचालकले सेवाग्राहीमाथि कुटपिट गरेका थिए। घटनाबारे जानकारी पाएपछि प्रहरीले संलग्न व्यक्तिहरूको खोजी तीव्र पारेको थियो।

सिंचाई
Forest
Ad.

पक्राउ पर्नेमा गुल्मीको मालिका गाउँपालिका–४ निवासी ५२ वर्षीय शिवबहादुर खत्री र १८ वर्षीय चमत्कार खत्री रहेका छन्।
प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी कृष्णकुमार चन्दका अनुसार पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको छ।

…….
पोस्ट मिति : २१ कात्तिक २०८३
समय : बिहान ११ बजे

…….
ओझेलका खबर — खबर भित्रको खबर

……..
सन्तुलित आलोचना, रचनात्मक सुझाव र मार्गदर्शनमूलक टिप्पणीलाई स्वागत छ। गालीगलौज तथा अमर्यादित टिप्पणी नगरौँ।

Awareness by SKF

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो