बुटवल । जिल्ला प्रहरी कार्यालय रूपन्देही (भैरहवा) ले विभिन्न मुद्धामा अदालतबाट सजाय तथा कैद तोकिएपछि हालसम्म फरार रहेका ५ जना प्रतिवादीहरूलाई पक्राउ गरेको छ।
प्रहरीले उनीहरूलाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि रूपन्देही जिल्ला अदालतमा पेस गरेको छ।
जिल्ला प्रहरी कार्यालय रूपन्देहीका निमित्त सूचना अधिकारी चन्द्र किशोर प्रहरी निरीक्षक द्वारा जारी प्रेस विज्ञप्ति कार्तिक १६ गते जिल्ला तथा मातहतका कार्यालयबाट खटिएको विशेष प्रहरी टोलीले रूपन्देहीका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ परेका प्रतिवादीहरूको विवरण:
सुरेन्द्र यादव: जिल्ला रूपन्देही, कोटहीमाई गाउँपालिका वडा नं. ३ निवासी, अभद्र व्यवहार मुद्दामा जरिवाना तोकिएका। (जरिवाना: रू. १०,०००/-)
परशुराम लोध: जिल्ला रूपन्देही, लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं. १२, भबई निवासी, लागु औषध मुद्दामा १ वर्ष कैद र जरिवाना तोकिएका। (कैद: १ वर्ष, जरिवाना: रू. ५,०००/-)
महमद असरत खाँ: जिल्ला रूपन्देही, मर्चवारी गाउँपालिका वडा नं. १ निवासी, चेक अनादर मुद्दामा जरिवाना तोकिएका। (जरिवाना: रू. १,०००/-)
उमाशंकर गुप्ता: जिल्ला रूपन्देही, कोटहीमाई गाउँपालिका वडा नं. ७ निवासी, चेक अनादर मुद्दामा जरिवाना तोकिएका। (जरिवाना: रू. २,०००/-)
सोहन पासी: जिल्ला रूपन्देही, कोटहीमाई गाउँपालिका वडा नं. ६ निवासी, बैंकिङ कसूर मुद्दामा कैद र जरिवाना तोकिएका। (कैद: १५ दिन, जरिवाना: रू. ५६,९८२/-)
फरार प्रतिवादीहरूलाई पक्राउ गरी कानुनको दायरामा ल्याउने क्रम तीव्र पारिएको प्रहरी निरीक्षक चन्द्र किशोर शाहद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।
………….
मिति: २०८३ कार्तिक १७
समय : बिहान ९ बजे
………..
ओझेलका खबर – खबर भित्रको खबर
………
सन्तुलित आलोचना, रचनात्मक सुझाव र मार्गदर्शनमूलक टिप्पणीलाई स्वागत छ। गालीगलौज तथा अमर्यादित टिप्पणी नगरौँ।
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |









