सन्धिखर्क । अर्घाखाँचीको सन्धिखर्कमा श्रीमानले शरीरमा मट्टितेल छर्की आगो लगाएर गम्भीर घाइते बनाएकी महिलालाई थप उपचारका लागि काठमाडौँस्थित वीर अस्पताल पठाइएको छ।
सन्धिखर्क नगरपालिका–११, रामपथ बस्ने ३९ वर्षीया सुनिता मुखियालाई आफ्नै ४३ वर्षीय श्रीमान् खिमबहादुर मुखियाले मट्टितेल खन्याएर आगो लगाएका थिए।
जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख (डिएसपी) दिवसबहादुर जिसीले घाइते महिलाको अवस्था निकै गम्भीर रहेको बताउनुभएको छ। लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा प्राथमिक उपचारपछि अवस्था जटिल भएपछि थप उपचारका लागि काठमाडौँस्थित वीर अस्पताल पठाइएको र अवस्था गम्भीर रहेको जानकारी आएको उहाँले बताउनुभयो।
प्रारम्भिक अनुसन्धानअनुसार मादक पदार्थ (मदिरा) सेवनका कारण उक्त घटना भएको डिएसपी जिसीले जानकारी दिनुभयो।
प्रहरीले घटना लगत्तै आरोपी श्रीमान् खिमबहादुर मुखियालाई नियन्त्रणमा लिएको थियो। पक्राउ परेका मुखियालाई भोलि अदालतमा पेस गरी म्याद थप गरेर घटनाबारे थप अनुसन्धान अगाडि बढाइने जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ।
ओझेलका खबर – खबर भित्रको खबर
मिति : २०८३ असोज १८
पोष्ट समय : दिउँसो २ .२७
………………………………………..
सन्तुलित आलोचना, रचनात्मक सुझाव र मार्गदर्शनमूलक टिप्पणीलाई स्वागत छ। कृपया व्यक्तिगत गालीगलौज तथा अमर्यादित टिप्पणी नगरौँ।
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |






