Smoking Causes Cancer

इतिहासमा नेपालमा आज :   असोज – १८ 



ओझेलका खबर
२२ घण्टा अगाडि


Place for ads

 

राजा ज्ञानेन्द्रद्वारा प्रधानमन्त्री देउवा बर्खास्त
आजभन्दा २४ वर्षअघि वि.सं. २०५९ असोज १८ गते तत्कालीन राजा ज्ञानेन्द्र शाहले प्रधानमन्त्री शेरबहादुर देउवालाई निर्वाचन गराउन असक्षम भएको घोषणा गर्दै प्रधानमन्त्री पदबाट बर्खास्त गरेका थिए। संविधानको धारा १२७ प्रयोग गर्दै गरिएको उक्त कदमपछि केही समय कार्यकारी अधिकारसमेत राजाले आफैंमा लिएका थिए। नेपालको राजनीतिक इतिहासमा यो घटना ‘असोज १८ को शाही कदम’ का रूपमा चर्चित छ।
(स्रोत : अनलाइनखबर / रातोपाटी)
………………………………………..
वि.सं. १९९६ असोज १८ — स्वरसम्राट् नारायणगोपालको जन्म
नेपाली संगीतका अमर गायक स्वरसम्राट् नारायणगोपाल गुरुवाचार्यको जन्म वि.सं. १९९६ असोज १८ गते भएको थियो। नेपाली गीत–संगीतमा उनको योगदानलाई स्मरण गर्दै असोज १८ गते उनको जन्मजयन्ती मनाउने गरिन्छ। उनको जन्म काठमाडौँको किलागलमा भएको उल्लेख सरकारी निकाय सांस्कृतिक संस्थान तथा गोरखापत्रले गरेका छन्।
(स्रोत : सांस्कृतिक संस्थान / गोरखापत्र)
………………………………………..
वि.सं. १८५५ असोज १८ — माथवरसिंह थापाको जन्म
नेपालको राजनीतिक तथा सैनिक इतिहासका महत्वपूर्ण व्यक्तित्व माथवरसिंह थापाको जन्म वि.सं. १८५५ असोज १८ गते भएको उल्लेख पाइन्छ। उनी नेपाल–अंग्रेज युद्धमा सहभागी भएका थिए र पछि नेपालको राजनीतिमा प्रभावशाली भूमिका खेलेका थिए।
(स्रोत : शिलापत्र)
………………………………………..
वि.सं. २०८२ असोज १८ — पाँचथरमा बोलेरो दुर्घटना, ६ जनाको मृत्यु
गत वर्ष वि.सं. २०८२ असोज १८ गते पाँचथरको कुम्मायक गाउँपालिका–३ कात्तिकेमा बोलेरो जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको थियो भने ६ जना घाइते भएका थिए। ताप्लेजुङबाट धरानतर्फ जाँदै गरेको मे १ ज ३०५५ नम्बरको बोलेरो सडकबाट करिब ३००–५०० मिटर तल खसेको थियो। दुर्घटनामा मृत्यु हुनेमा तीन पुरुष र तीन महिला थिए।
(स्रोत : कान्तिपुर / गोरखापत्र / नेपाल लाइभ)
………………………………………..
आजको तिथि
मिति : १८ असोज २०८३, आइतबार
ईस्वी : ४ अक्टोबर २०२६
नेपाल संवत् : ११४६
संवत्सर : रौद्र
ऋतु : शरद्
पक्ष : आश्विन कृष्णपक्ष
तिथि : अष्टमी — बिहान ७ः२९ बजेसम्म, त्यसपछि नवमी
नक्षत्र : पुनर्वसु — राति २ः३० पछि तिष्य
योग : परिघ — दिउँसो ३ः५० पछि शिव
करण : कौलव — बिहान ७ः२९ पछि तैतिल, बेलुकी ६ः१८ पछि गर
चन्द्रराशि : मिथुन — बेलुकी ८ः५४ पछि कर्कट
विशेष : जितिया पर्व, नवमी श्राद्ध तथा विश्व पशु दिवस।
(स्रोत : हाम्रो पात्रो / रातोपाटी)
………………………………………..
आजको  राशिफल
मेष : सामाजिक कामबाट लाभ मिल्न सक्छ। संकटमा परिवारको साथ पाइनेछ।
वृष : व्यापारमा लाभको सम्भावना छ। सहकार्यबाट राम्रो परिणाम प्राप्त हुन सक्छ।
मिथुन : मानसम्मान बढ्नेछ। प्रियजनसँगको भेटले खुसी मिल्न सक्छ।
कर्कट : काममा केही अवरोध आउन सक्छ। परिवारको साथले सहजता मिल्नेछ।
सिंह : सहकर्मीसँगको सहकार्यबाट लाभ मिल्नेछ। शिक्षामा गरेको मेहनतको परिणाम आउन सक्छ।
कन्या : व्यापार तथा काममा प्रगति हुनेछ। प्रशंसा र प्रेममा सकारात्मकता मिल्न सक्छ।
तुला : अध्ययनमा रुचि बढ्नेछ। पारिवारिक मेलमिलाप हुनेछ।
वृश्चिक : चिन्ता बढ्न सक्छ। खर्चमा सावधानी अपनाउँदै आफ्ना योजना गोप्य राख्नु राम्रो।
धनु : दिन सकारात्मक रहनेछ। सामाजिक काम र पारिवारिक साथबाट लाभ मिल्नेछ।
मकर : लगानी गर्दा सावधानी अपनाउनुहोस्। बोली र व्यवहारमा संयम आवश्यक छ।
कुम्भ : सोचेका काम बन्न सक्छन्। सामाजिक तथा राजनीतिक क्षेत्रमा सक्रिय हुन सकिने दिन।
मीन : यात्रा सफल हुन सक्छ। शिक्षा, स्वास्थ्य तथा आर्थिक पक्षमा सुधारका संकेत छन्।

(स्रोत : खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलद्वारा तयार पारिएको आजको राशिफल)
राशिफल परम्परागत ज्योतिषीय मान्यतामा आधारित सामान्य सामग्री हो।ह
………………………………………..
ओझेलका खबर – खबर भित्रको खबर
मिति : १८ असोज २०८३
पोष्ट समय : बिहान ६:५० बजे
………………………………………..
सन्तुलित आलोचना, रचनात्मक सुझाव र मार्गदर्शनमूलक टिप्पणीलाई स्वागत छ। गालीगलौज तथा अमर्यादित टिप्पणी नगर्नुहोला।

सिंचाई
Forest
Ad.
कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो