Smoking Causes Cancer

इतिहासमा नेपालमा आजः असोज १६



ओझेलका खबर
२ दिन अगाडि


Place for ads

इतिहासमा नेपालमा आजः असोज १६
– आजभन्दा वर्षौँअघि यही दिन नेपालमा के–के भएको थियो ?
नेपालको इतिहासमा असोज १६ गते राजनीतिक तथा प्राकृतिक विपत्तिसँग जोडिएका महत्वपूर्ण घटना भएका छन्। नेपालको संसदीय अभ्यासको प्रारम्भिक चरणमा सल्लाहकार सभा गठनदेखि बझाङको शक्तिशाली भूकम्पसम्म, असोज १६ ले इतिहासका फरक–फरक पाना सम्झाउँछ।
वि.सं. २००८ असोज १६ — ३५ सदस्यीय सल्लाहकार सभा गठन
आजभन्दा ७५ वर्षअघि वि.सं. २००८ असोज १६ गते नेपालमा ३५ सदस्यीय सल्लाहकार सभा गठन गरिएको थियो। २००७ सालको राजनीतिक परिवर्तनपछि संसदीय अभ्यासलाई अघि बढाउने क्रममा गठन भएको सल्लाहकार सभा नेपालको संसदीय इतिहासको प्रारम्भिक चरणसँग जोडिन्छ। उक्त सभाको पहिलो बैठक भने २००९ साल असार १६ गते बसेको थियो।

(स्रोत : संघीय संसद् सचिवालय / गोरखापत्र)
………………………………………..
वि.सं. २०८० असोज १६ — बझाङमा शक्तिशाली भूकम्प
वि.सं. २०८० असोज १६ गते बझाङको चैनपुर आसपास केन्द्रबिन्दु भएर शक्तिशाली भूकम्प गएको थियो। दिउँसो २ः४० बजे ५.३ र त्यसपछि ३ः०६ बजे ६.३ म्याग्निच्युडको भूकम्प गएको अभिलेख छ। भूकम्पमा एक महिलाको मृत्यु भएको तथा ठूलो संख्यामा घरमा क्षति पुगेको थियो ।

(स्रोत : राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण / राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रलाई उद्धृत गरेको गोरखापत्र)
………………………………………..
आजको तिथि
मिति : १६ असोज २०८३, शुक्रबार
ईस्वी : २ अक्टोबर २०२६
नेपाल संवत् : ११४६
पक्ष : आश्विन कृष्णपक्ष
तिथि : षष्ठी — दिउँसो १२ः१८ बजेसम्म, त्यसपछि सप्तमी
नक्षत्र : रोहिणी — बिहान ७ः२६ बजेसम्म, त्यसपछि मृगशिरा
चन्द्रराशि : वृष — साँझ ६ः२२ बजेसम्म, त्यसपछि मिथुन
योग : व्यतीपात — राति १०ः०२ बजेसम्म, त्यसपछि वरियान
सूर्योदय : बिहान ५ः५७
सूर्यास्त : साँझ ५ः४७
(स्रोत : खबरसेन्टर / हाम्रो पात्रो)
आजको छोटो राशिफल
मेष : दिन राम्रो छ। बोली र व्यवहारमा संयमता अपनाउनु राम्रो।
(स्रोत : खबरसेन्टर / हाम्रो पात्रो)
वृष : साथीभाइको सहयोग मिल्नेछ। सामाजिक क्षेत्रमा सम्मान प्राप्त हुन सक्छ।
(स्रोत : खबरसेन्टर)
मिथुन : खर्च बढ्न सक्छ। महत्वपूर्ण काममा ध्यान दिनु राम्रो।
(स्रोत : खबरसेन्टर)
कर्कट : बोलीबाट काम बन्न सक्छ। पारिवारिक मेलमिलापको सम्भावना।
(स्रोत : खबरसेन्टर)
सिंह : काम तथा व्यवसायमा अवसर मिल्न सक्छ। गोपनीयता कायम गर्नु राम्रो।
(स्रोत : खबरसेन्टर)
कन्या : मेहनतको परिणाम प्राप्त हुनेछ। स्वास्थ्यमा सुधारको संकेत।
(स्रोत : खबरसेन्टर)
तुला : दैनिक काममा केही अवरोध आउन सक्छ। परिवारको साथ मिल्नेछ।
(स्रोत : खबरसेन्टर)
वृश्चिक : व्यापार तथा आर्थिक काममा लाभको सम्भावना। व्यवहारमा सचेत रहनु राम्रो।
(स्रोत : खबरसेन्टर)
धनु : सम्पत्ति तथा काममा प्रगतिको सम्भावना। साथीको सहयोग मिल्नेछ।
(स्रोत : खबरसेन्टर)
मकर : शिक्षामा गरेको मेहनतको फल प्राप्त हुन सक्छ। व्यापारमा लाभको सम्भावना।
(स्रोत : खबरसेन्टर)
कुम्भ : अनावश्यक खर्च र यात्राबाट जोगिनु राम्रो। पारिवारिक सम्बन्ध सुमधुर बन्न सक्छ।
(स्रोत : खबरसेन्टर)
मीन : सोचेका काम बन्न सक्छन्। परिवारको साथ लिएर अघि बढ्नु राम्रो।
(स्रोत : खबरसेन्टर)
राशिफल परम्परागत ज्योतिषीय मान्यतामा आधारित सामान्य सामग्री हो।
………………………………………..
ओझेलका खबर – खबर भित्रको खबर
मिति : १६ असोज २०८३
पोष्ट समय : बिहान ७: ३० बजे
………………………………………..
सन्तुलित आलोचना, रचनात्मक सुझाव र मार्गदर्शनमूलक टिप्पणीलाई स्वागत छ। गालीगलौज तथा अमर्यादित टिप्पणी नगरौँ।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो