लगातारको भारी वर्षाका कारण जिल्लाका मुख्य सडक खण्डहरूमा पहिरो जानुका साथै नदीको बहाव उच्च भएपछि जिल्ला प्रशासन कार्यालय गुल्मीले जिल्लाभर सवारी आवागमनमा पूर्ण रूपमा रोक लगाएको छ।
जिल्ला प्रशासन कार्यालय गुल्मीद्वारा जारी सूचना अनुसार, रुरुक्षेत्र गाउँपालिका–१ स्थित स्यालबिसौनामा पहिरो जाँदा रिडि–तमघास मदन भण्डारी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।
त्यसैगरी, चन्द्रकोट गाउँपालिका–८ तल्लोफाँटमा खसेको पहिरोका कारण मदन भण्डारी राजमार्ग र रुद्रवेणी–वामीटक्सार सडक खण्ड पनि पूर्ण रूपमा ठप्प बनेको छ।
यसैबीच, लगातारको वर्षासँगै कालीगण्डकी नदीको जलसतह अत्यधिक बढेकाले तटीय तथा आसपासका क्षेत्रहरूमा उच्च जोखिम सिर्जना भएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र गृह मन्त्रालय र विपद् व्यवस्थापन प्राधिकरणको निर्देशन अनुसार अर्को सूचना नभएसम्मका लागि सवारी आवतजावत बन्द गरिएको जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत कमल सेन ओलीले जानकारी दिनुभयो। उहाँका अनुसार नदी / खोला किनार तथा पहिरोको जोखिमयुक्त क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सर्न समेत अपिल गरिएको छ।
मिति : २०८३/०६/१०
………………………………………..
ओझेलका खबर — खबर भित्रको खबर
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |






