Smoking Causes Cancer

तिनाउ नदी तटिय क्षेत्रबाट २१ जनालाई सुरक्षित स्थानमा सारियो



ओझेलका खबर
५ घण्टा अगाडि


Place for ads

पुजा गौतम
बुटवल । तिनाउ नदीको तटिय क्षेत्रस्थित असुरक्षित बस्तीबाट बुटवल उपमहानगरपालिकाले २१ जनालाई उद्धार गरी सुरक्षित स्थानमा सारेको छ ।

नदीको पुल नजिकै काठले बनेको घरको आधाभन्दा बढी भाग नदी किनारबाट उठाइएको र निकै असुरक्षित देखिएपछि त्यहाँ रहेका २१ जनालाई उद्धार गरी कान्ति स्कुलमा ल्याएर राखिएको उपमहानगरपालिकाको विपद् शाखा प्रमुख तथा वातावरण इन्जिनियर योगेश चापागाईंले जानकारी दिनुभयो ।

उहाँका अनुसार तिनाउमा पानीको बहाव बढे पनि हालसम्म अन्य क्षेत्रमा भने जोखिमयुक्त बस्ती देखिएको छैन ।

सिंचाई
Forest
Ad.

स्मरण रहोस्, २०३८ सालमा तिनाउ नदीमा आएको भीषण बाढीले दर्जनौँ घर बगाउँदा ६० भन्दा बढी मानिसको ज्यान गएको बुढापाकाहरूले सुनाउँदै आएका छन् ।
मिति : २०८३/०६/०९
ओझेलका खबर — खबर भित्रको खबर।

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो