Smoking Causes Cancer

गुल्मीमा असोज ९ देखि १२ गतेसम्म राति अत्यावश्यक बाहेकका सवारी साधन सञ्चालनमा रोक



ओझेलका खबर
४ घण्टा अगाडि


Place for ads

मौसममा आएको परिवर्तन र आगामी केही दिनसम्म मेघगर्जन, चट्याङ तथा हावाहुरीसहित भारी वर्षाको सम्भावनालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय गुल्मीले जिल्लाभर रातिको समयमा अत्यावश्यक बाहेकका सवारी साधन आवतजावतमा रोक लगाएको छ।
​जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत कमल सेन ओलि द्वारा हस्ताक्षरित विज्ञप्तिमा मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार बाढी तथा पहिरोले सडकखण्ड अवरुद्ध हुन सक्ने र मानवीय क्षति हुन सक्ने जोखिमलाई ध्यानमा राख्दै जिल्ला सुरक्षा समितिको बैठकले यो निर्णय गरेको उल्लेख छ ।

निर्णय अनुसार असोज ९ गतेदेखि असोज १२ गतेसम्म हरेक दिन बेलुका ७ बजेदेखि बिहान ५ बजेसम्म अत्यावश्यक काम बाहेकका सवारी साधन सञ्चालन गर्न पाइने छैन। साथै, प्रशासनले सर्वसाधारणलाई अत्यावश्यक काम बाहेक घरबाहिर ननिस्कन र हिँडडुल नगर्नसमेत आग्रह गरेको छ।
​आपत्कालीन अवस्थामा सम्पर्क नम्बरहरू:
​सूचना अधिकारी (जिल्ला प्रशासन कार्यालय, गुल्मी): ९८५७०७९०११

​विपद् सम्बन्धी सूचना, गुनासो र सुझावका लागि: १२३४

​नेपाल प्रहरी: १००

​सशस्त्र प्रहरी बल: १११४

​
​
​
 

कमेन्ट गर्नुहोस्

ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्।

तपाईलाई यो खबर कस्तो लाग्यो