चितवन । लगातारको भारी वर्षाका कारण नारायणगढ-मुग्लिन सडक खण्डका विभिन्न स्थानमा निरन्तर पहिरो खसेपछि सवारी आवागमन पूर्ण रूपमा बन्द भएको छ।
जिल्ला प्रशासन कार्यालय, चितवनले आज (शुक्रबार) बिहान एक सूचना जारी गर्दै अर्को व्यवस्था नभएसम्मका लागि सो सडक खण्डमा सवारी साधन सञ्चालनमा रोक लगाइएको जनाएको छ।
गत असोज ८ गतेदेखि चितवन र आसपासका क्षेत्रमा अविरल वर्षा भइरहेको छ। वर्षाका कारण सडकका धेरै ठाउँमा पहिरो खस्ने क्रम जारी रहेको र पहिरो पन्छाउने काम निरन्तर भइरहे तापनि जोखिम कायमै रहेकाले सडक बन्द गर्नु परेको सहायक प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद शर्माले जानकारी दिएका छन्।
प्रशासनले जोखिमपूर्ण यात्रा नगर्न र अर्को सूचना प्रकाशित नभएसम्मका लागि सो सडक खण्ड भई यात्रा गर्ने तयारीमा रहेका सबै यात्रु तथा सवारी चालकहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न वा यथास्थानमै बस्न अनुरोध गरेको छ।
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |






