स्याङ्जामा विवाहको भोज खाएर फर्किएको जिप दुर्घटना, १० जना घाइते
स्याङ्जाको भीरकोट नगरपालिका–१ मा विवाहको भोज खाएर फर्किँदै गरेको जिप दुर्घटना हुँदा १० जना घाइते भएका छन् ।
प्रारम्भिक विवरणअनुसार मेघा भन्ने स्थानबाट बयरघारीतर्फ आउँदै गरेको ग १ ज ७६१० नम्बरको जिप करुङतला–इमिलीनजिकबाट चिप्लिएर करिब २० मिटर तल खसेर दुर्घटना भएको हो ।
दुर्घटनामा जिपमा सवार १२ जनामध्ये १० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख एसपी रञ्जित सिंह राठौरले घटनाको पुष्टि गर्दै दुर्घटनाको कारण तथा घाइतेहरूको अवस्थाबारे थप विवरण आउन बाँकी रहेको बताउनुभयो । जिप चालकलाई नियन्त्रणमा लिई अनुसन भईरहेको उहाँको भनाई छ ।
ओझेलका खबर | लुकेको, लुकाइएको, दबेको, दबाइएको आवाज….
मिति : २०८३ असोज ८ गते | प्रकाशन समय : साँझ ७ .५ बजे
|
ओझेलका खबरलाई फेसबुक, एक्स, इन्स्टाग्राम वा टिकटकमा फ्लो गर्नुहोस्। कार्यक्रम ओझेलका खबर र ओझेलका खबर डटकम विशेष रिपोर्टहरु हेर्न Ojhelka Khabar TV युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस्। |






